एजेन्सी – धन, ऐश्वर्य, सुन्दरता, भौतिक सुख आदिको कारण मानिने शुक्र ग्रहले २२ जूनमा राशि परिवर्तन गर्दैछ। त्यसदिन शुक्र ग्रह मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्नेछ। शुक्र कर्कट राशिमा आउने १७ जुलाई सम्म रहनेछ। शुक्र कर्कट राशिमा प्रवेश गर्दा सम्पूर्ण राशिलाई फरक-फरक प्रभाव पर्नेछ। १२ राशि मध्ये केहिलाई शुक्रले शुभ फल दिलाउनेछ भने केहिलाई अशुभ फल दिलाउनेछ। ज्योतिषीहरुका अनुसार शुक्रको राशि परिवर्तनले निम्न राशिहरुलाई लाभ दिलाउनेछ।
मेष
शुक्रको राशि परिवर्तनले मेष राशि हुनेहरुलाई शानदार परिणाम दिलाउनेछ। व्यापार-व्यापारबाट सोचे अनुरुप लाभ मिल्दा आर्थिक रुपमा रहेका समस्या देखि छुटकारा मिल्नेछ। आर्थिक पक्ष मात्र नभई अन्य पक्षहरुमा पनि शुक्रको सकारात्मक प्रभाव रहनेछ। पारिवारिक सदस्यको स्वास्थ्यमा सुधार हुनेछ। कार्यक्षेत्रमा केहि परिवर्तन भएपनि लाभ नै मिल्ने देखिन्छ। यात्राको अवसर पनि जुर्न सक्ला।
मिथुन राशि
शुक्रको राशि परिवर्तन सँगै धन संचित गर्ने अवसर प्राप्त हुनेछ। गर-गहना खरिदारीको मौका पनि मिल्न सक्ला। घर-जग्गा कारोबारका लागि समय सुखद रहने देखिन्छ। विद्यार्थीहरुका लागि समेत शुक्रको राशि परिवर्तन लाभपरद रहन सक्ला। प्रतिष्पर्धाहरुमा सहजै सफलता मिल्नेछ। शत्रु स्वतः पराजित हुनेछन्। दैनिकीमा कुनै न कुनै प्रकारको सकारात्मक परिवर्तन हुने योग छ।
मकर राशि
शुक्रको राशि परिवर्तनले वैवाहिक जीवनमा मधुरता थप्नेछ। श्रीमान-श्रीमती बीच सहजै समझदारी कायम हुनेछ। धेरै समय देखिका मतभिन्नता दूर हुनेछन्। रोजगारको क्षेत्रमा पनि आशा गरेजस्तै सफलता हात लागि हुनेछ। पदोन्नतीको योग पनि देखिन्छ। उच्च अधिकारीहरुसंगको सम्बन्धले लाभ नै दिलाउनेछ। सरकारी क्षेत्रबाट आवश्यक मिल्दा महत्वपूर्ण कार्य सम्पन्न हुनेछन्।
मीन राशि
शुक्रको राशि परिवर्तन मीन राशि हुनेहरुका लागि वरदान सावित हुनेछ। भाग्यको पूरा साथ मिल्द महत्वपूर्ण कार्यहरु सम्पन्न हुनेछन्। धर्म-कर्ममा मन जाँदा तनाव देखि मूक्ति मिल्नेछ। कार्यक्षेत्रमा नसोचेको लाभ मिल्ने योग छ। नयाँ कार्य थालनीको लागि उपयुक्त वातावरण निर्माण हुने देखिन्छ। मित्रजन तथा आफन्तजनको सहयोग मिल्दा ठूला समस्या पनि हटेर जानेछन्।

