सारुकले अभिनेत्री नम्रतालाई यसरी गरे बर्थडे विश,आखिर के-हो उनीहरुबीचको प्रेम चर्चा?

नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल तथा  अभिनेत्री नम्रता श्रेष्ठ प्राय: चर्चामा तानिने गर्छिन । धेरै जसो उनि प्रेम सम्बन्धको कारण चर्चामा आउछिन्।  त्यस्तै  हालै  नम्रता र अभिनेता सारुक प्रेममा रहेको चर्चा चलेको छ।

यी दुईबिच  प्रेम रहेको खबर गत वर्ष एक अवार्ड समारोहमा एकसाथ पुगे देखि नै चर्चा  भएको थियो ।  तर दुवैजनाले यस विषयलाई औपचारिक रुपमा स्विकार भने गरेका छैनन् । यधपी उनीहरुबीचको निकटता र एक-अर्कालाई गर्ने व्यवहारबाट उनीहरु बिच प्रेम रहेको कुरा लुकेको छैन ।

केहि दिन अगाडी अर्थात् जुन १४ मा नायिका नम्रता श्रेष्ठको  जन्मदिन परेको थियो। र त्यसको भोलिपल्ट नायक सारुकले उनलाई सामाजिक संजाल मार्फत शुभकामना व्यक्त गरेका छन्।

सारुकले नायिका श्रेष्ठसंगको तस्विर शेयर गर्दै लेखेका छन्, ‘यस पोष्टको लागि एक दिन ढिलो, म तिमिलाई एक अद्भुत वर्षको इच्छा गर्दछु । तिमि एक वास्तविक प्रेरणा हौ।’

नायिका श्रेष्ठलाई सामाजिक संजाल मार्फत अभिनेत्री स्वस्तिमा  खड्का, आचल शर्मा, वर्षा शिवाकोटी, झरना थापा लगायतले शुभकामना व्यक्त गरेका छन्।

 

प्रकाशित : शुक्रबार, असार ०४, २०७८१९:०२

बाढीपहिराले १६ को मृत्यु, दुई हजार विस्थापित !