पानीको मात्रा शरीरमा कमी भए खानुहोस् यी ८ फलफुल !

गर्मी मौषममा  डिहाइड्रेशन र हीटस्ट्रोकको समस्या हुनु सामान्य हो। यस मौसममा खानपिनको ध्यान राख्नुपर्छ।  गर्मीमामा यस्तो फलफुल खानुपर्छ जसमा पानीको मात्रा अधिक हुन्छ। यसबाट तपाईंको शरीरमा पोषक तत्वको साथै पानीको अभाव हुनेछैन। थाहा पाउनुहोस् कुन फलफुलमा कति पानी हुन्छ र यस मौषममा खाँदा के फाईदा हुन्छ !

खरबुजा – खरबुजामा ९२ % पानी हुन्छ जुनले डिहाइड्रेशन हटाउने मदत्त गर्छ। यो खाँदा स्वादिष्ट स्वाद मात्र  नभई यो धेरै पौष्टिक तत्वले भरिपूर्ण हुन्छ। यसले मुटुसँग सम्बन्धित रोग हटाउँछ र प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउँछ।

आँप  – आँपमा ८३ प्रतिशत पानी हुन्छ। गर्मी मौषममा लगभग सबैलाई आँप खान मनपर्छ। यसलाई खानुको साथै डेसर्टमा पनि हालेर पेय पसार्थ बनाईन्छ। आँप एन्टीआक्सीडेन्टले भरिपूर्ण हुन्छ  र  यसले रोग प्रतिरोध क्षमता बढाउन मद्दत गर्दछ। यस बाहेक पाचन सुधार गर्छ , कोलेस्ट्रल कम गर्छ  र  आँखालाई स्वस्थ पनि राख्छ।

सुन्तला – सुन्तलामा ८७ %  रस हुन्छ। गर्मीमा  यसले  शरीरमा हाइड्रेसन बनाउनुको शरीलाई  ऊर्जा मदत गर्छ। विशेष गरी बाहिर काम गर्नेहरूले सुन्तला खानुपर्छ। सुन्तला  भिटामिन सीको मुख्य स्रोत हो र यसले छालालाई स्वस्थ बनाउँछ ।  यसले मुटुको कार्यलाई पनि सुधार गर्छ ।

स्याउ- स्याउ ८६ % पानीले बनेको हुन्छ । दिनदिनै स्याउ खाँदा शरीर रोगबाट सुरक्षित हुन्छ। स्याउमा सबै आवश्यक पोषण हुन्छ । यसले मेटाबोलिज्म सुधार गर्छ , मुटु स्वस्थ राख्छ र रगतमा चिनी नियन्त्रण गर्छ। यसमा धेरै भिटामिन र खनिज हुन्छन् जसले दाँत, हड्डीलाई बलियो बनाउन मदत्त गर्छ र  र छालालाई स्वस्थ राख्छ।

स्ट्रबेरी – स्ट्रबेरीमा भिटामिन सी,  म्यांगनीज ,फोलेट, पोटेशियम, भिटामिन बी र आवश्यक फ्लाभोनोइड हुन्छन्। यसमा  ९१ १% पानी हुन्छ।  यो कोलेस्ट्रल र मुटु रोगको लागि धेरै लाभदायक हुन्छ। यसमा फाइबर धेरै हुन्छ जसले पाचन सम्बन्धी सबै समस्याहरू हटाउँछ।

भुइँकटहर  – भुइँकटहर स्वादिलो ​​र रसदार फल हो जसमा ८६ % पानी हुन्छ। यो भिटामिन सीको प्रमुख स्रोत हो। यसले सेल क्षति रोक्छ र प्रतिरक्षा प्रणाली बलियो  बनाउँछ। भुइँकटहर धेरै प्रकारका म्यांगनीज हुन्छ जुन हड्डीका लागि लाभदायक हुन्छ। यसमा  धेरै फाइबर हुन्छ र यो  एन्टीअक्सिडेन्टले  समृद्ध हुन्छ ।

मेवा  – मेवामा भिटामिन सी, फाइबर र  एन्टीआक्सीडेन्ट हुन्छ। यसमा ८८ % पानी समावेश रहेको हुन्छ। साथै यसले प्रतिरोध क्षमता बढाउँछ।  मेवा धेरै भिटामिनहरूले भरिपूर्ण हुन्छ।  यो मधुमेह बिरामीहरूको लागि धेरै फाइदाजनक हुन्छ। यस बाहेक  यदि तपाईं वजन कम गर्न चाहनुहुन्छ भने मेवालाई  आहारमा समावेश गर्नुहोला ।

ब्लूबेरी – ब्लूबेरीमा ८४ %  पानी हुन्छ। यसको केकदेखि थुप्रै डेसर्ट बनाउन प्रयोग हुन्छ। यो स्वादिलो हुनुको साथै स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक छ। ब्लूबेरी प्राकृतिक तरिकाले रगत शुद्ध गर्छ । यसमा रहेको एन्टीअक्सिडेन्टले  दिमागलाई स्वस्थ राख्छ । पुरानो जमानामा  मान्छेले यसलाई रुघा र खोकी  हुँदा  पनि प्रयोग गर्थे।

प्रकाशित : शनिबार, असार ०५, २०७८१७:४९

इम्यूनिटी बढाउनदेखि तौल घटाउनसम्म लिचीको ९ फाईदा !