फेरी १ हप्ता थपिएको लकडाउनमा यि पसलहरु खोल्न पाइने, सवारी साधनलाई यस्तो नियम!

काठमाडौँ, असार ६ । उपत्यकामा  जारी निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरिने भएको छ । आइतबार साँझ काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गरि त्यस अवधिमा निजी सवारी साधन, ट्याक्सी जोर-विजोर प्रणालीमा चलाउन पाइनेछ निर्णय गरेको छ। साथै पसल सञ्चालन गर्न पनि पाइनेछ ।

थपिएको निषेधाज्ञाको समयमा अन्य सार्वजनिक सवारीसाधन भने चलाउन पाइने छैन ।

 पछिल्लो समय कोरोना संक्रमण दर पनि घट्दै गएकाले आर्थिक गतिविधिलाई सहज बनाउने गरी निर्णय गरेको हो। जसअनुसार आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म विद्युतीय पसल, सुनचाँदी पसल,  भाँडा पसल र घरायसी सामान विक्री गर्ने पसल, अटोमोबाइल्स र त्यसका पार्टपूर्जा पाइने पसलहरु  सञ्चालन गर्न पाउने छ।

त्यस्तै सोमबार, बुधबार र शुक्रबार ११ देखि ४ बजेसम्म खेलकुद सामग्री पसल, कपडा र जुत्ता पसल, सपिङ मल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङका पसल पनि खोल्न दिने निर्णय भएको छ।  दैनिक खाद्यान्न, फलफूल र तरकारी पसल खुल्ने समय यथावत छ ।

प्रकाशित : आइतबार, असार ०६, २०७८१८:५८

हुम्ला: समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चाको मृत्यु!