लगातार घटिरहेको सुनको मूल्य आज बढ्यो ! कति ?

काठमाडौँ – असार लागे देखि लगातार घटिरहेको सुनको मूल्य सोमबार बढेको छ। हप्ताको पहिलो दिन आइतबार घटेको सुनको मूल्य हप्ताको दोस्रो दिन सोमबार बढेको हो।

नेपाल सुन चाँदी व्यवसायीमहासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले बढेको छ । जससँगै छापावाला सुनको मूल्य ९० हजार ४ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ८९ हजार ९ सय ५० रुपैंयाँमा कारोबार भैरहेको छ।

यस अगाडी छापावाला सुन शुक्रबार ९० हजार ८ सय र आइतबार ९० हजार रुपैंयाँमा कारोबार भएको थियो भने तेजाबी सुन शुक्रबार ९० हजार ३ सय र आइतबार ८९ हजार ५ सय ५० रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चण्डी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु ५ ले बढेर १२ सय ९५ रुपैंयाँ कायम भएको छ।

प्रकाशित : सोमबार, असार ०७, २०७८११:०१

नेप्सेमा पहिरो ! कुन-कुन कम्पनीका शेयर घटे ?