लकडाउनमा अनु शाहको सिउँदोमा सिन्दूर, के सबिन श्रेष्ठसँग भएको हो विवाह?

काठमाडौँ, असार ७ । सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न गरिएको लकडाउनमा  मानिसहरु आफ्नै घरमा समय बिताइरहेका छन्। त्यस्तै कलाकारहरु पनि यसबाट बच्न घरमै सुरक्षित रुपमा बसेका छन तर उनिहरु सामाजिक संजालमा भने एक्टिभ रहेका छन्।  त्यस्तै अभिनेत्री अनु शाह पनि सामाजिक संजालमा निकै एक्टिभ छिन्।

उनि लकडाउन भएसंगै प्रेमी तथा अभिनेता सबिन श्रेष्ठसंग धेरै देखिएकी छिन्। लामो समयदेखि अनु र सबिनको नाम जोडिएर आउने गर्थ्यो तर उनीहरुले यसलाई स्वीकार भने गरेका थिएनन्। त्यस्तै केहि वर्ष अगाडी यी दुईले ‘कानुनी बिहे’ गरेको खबर समेत चर्चा भएको  थियो । तर उनीहरुले  यसलाई अफवाह भनेका थिए ।

अनुले आफ्नो गर्धनमा सबिनको नामको ट्याटु समेत खोपाएकी छिन्। सबिन र अनुले चलचित्र ‘लक्ष्य’ र ‘आधी बाटो’ मा एकसाथ काम गरेका थिए ।  एक दर्जन बढी फिल्म र १ सय भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरे पनि सोचेजस्तो सफलता नपाएकी अनु अहिले प्रेम सम्बन्धका कारण बढी चर्चामा छिन् ।

लकडाउनमा यी दुइले एकसाथ थुप्रै भ्लग र रोमान्टिक टिकटक भिडियोहरु बनाएका छन्। त्यस्तै अनुको केहि टिकटकमा उनको सिउँदोमा सिन्दूर स्पष्ट रुपमा देखिएको छ। जसपछि केही दर्शकले उनलाई सबिनसंग विवाह गरेको हो भनेर प्रश्न गरेका छन् । उनले यो टिकटक लकडाउन अगाडी म्यूजिक भिडियामा काम गर्ने समयमा बनाएको बहाना बनाईन भने पनि उनले हालेको टिकटकको ‘को होला त्यो ?’ गीतको फिमेल भर्सन (अडियो) गत जेठ १५ गते मात्रै यूट्युबमा सार्वजनिक भएको थियो । साथै अनुले सिन्दुर लगाएको केहि तस्विर समेत सामाजिक संजालमा  सार्वजनिक गरेकी छिन्।

अनुले सिउँदोमा लगाएको सिन्दूरले उनीहरुको विवाह भएको कुरालाई बल मिल्छ । तर उनीहरुको मुखबाट नै खुलासा भएपछि मात्रै विवाह भएको पुष्टि हुन्छ।

प्रकाशित : सोमबार, असार ०७, २०७८१३:२८

खतरनाक मानिएको डेल्टा भेरियन्टको परिवर्तित रुप नेपालमा भेटियो !