एजेन्सी – धन, ऐश्वर्य, सुन्दरता, भौतिक सुख आदिको कारण मानिने शुक्र ग्रहले २२ जूनमा राशि परिवर्तन गर्दैछ। त्यसदिन दिउँसो २ बजेर ३३ मिनेट पश्चात शुक्र ग्रह मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्नेछ।
शुक्र कर्कट राशिमा आउने १७ जुलाई सम्म रहनेछ। शुक्र कर्कट राशिमा प्रवेश गर्दा सम्पूर्ण राशिलाई फरक-फरक प्रभाव पर्नेछ। १२ राशि मध्ये केहिलाई शुक्रले शुभ फल दिलाउनेछ भने केहिलाई अशुभ फल दिलाउनेछ। ज्योतिषीहरुका अनुसार शुक्रको राशि परिवर्तनले निम्न राशिहरुलाई अशुभ प्रभाव पर्नेछ।
सिंह राशि
शुक्रको राशि परिवर्तन सिंह राशि हुनेहरुलाई खासै लाभप्रद रहने देखिँदैन। जीवनमा नसोचेको उतार-चढावको सामना हुने देखिन्छ। हतासमा गरिएका निर्णयले समस्या पाईद गर्न सक्लान्। परिवारमा कलह नबढोस् भन्नको लागि शान्त रहनु पर्नेछ। कुनै पनि निर्णय लिनु अगाडी परिवारमा सल्लाह गरेको उचित होला। आर्थिक रुपमा पनि समस्या पैदा हुन सक्नेछन्।
धनु राशि
शुक्र कर्कट राशिमा प्रवेश गार्ड धनु राशि हुनेहरुको जीवनमा नकारात्मक प्रभाव पर्नेछ। बन्न लागेका कार्यमा रुकावट आउनेछ भने बनाएका सम्पूर्ण योजना असफल हुनेछन्। स्वास्थ्यले पनि साथ नदिने देखिन्छ। शारीरिक मात्र नभई मानसिक रुपमा पिडा हुनेछ। यात्रा बेकार हुन सक्ला। नयाँ लगानी गर्नको लागि पनि राशि पारिवार्तन बाधक बन्न सक्नेछ।
कुम्भ राशि
शत्रु भावमा शुक्रको राशि परिवर्तन हुँदा आर्थिक हानिको प्रवल सम्भावना देखिन्छ। आफ्नै भनिएकाहारुबाट धोका मिल्दा मन विचलित हुनेछ। मित्र पनि शत्रुमा परिणत हुनेछन् भने भएका शत्रु पनि हावी हुनेछन्। आर्थिक लेनदेन नगरेकै राम्रो होला। धन-सम्पत्तिलाई लिएर धेरै नजिकका आफन्तजनसंगको सम्बन्ध पनि बिग्रिन सक्ने देखिन्छ। स्वास्थ्यमा पनि समस्या देखिन्छ सक्ला।

