हिजो बढेको सुनको मूल्य आज पनि बढ्यो ! कति ?

काठमाडौँ- सोमबार बढेको सुनको मूल्य आज पनि बढेको छ। असार लागेदेखि केहि दिन घटेर सोमबार बढेको सुनको मूल्य नेपाली बजारमा आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य भने तोलामा ५ सय ५० रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैंयाँ कायम भएको छ।

यस अगाडी छापावाला सुन आइतबार ९० हजार र सोमबार ९० हजार ४ सय रुपैंयाँमा कारोबार भएको थियो भने तेजाबी सुन आइतबार ८९ हजार ५ सय ५० र सोमबार ८९ हजार ९ सय ५० रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज चाँदीको मूल्य रु ५ ले बढेर १३ सय रुपैंयाँ कायम भएको छ।

प्रकाशित : मङ्गलबार, असार ०८, २०७८११:२८

देशलाई दुर्घटना हुनबाट बचाउने प्रचण्डको वचन !