सारीमा सबैलाई नतमस्तक बनाउने अभिनेत्री उर्वशिको आकर्षक लुक्स भाइरल-[तस्विर सहित]

अभिनेत्री उर्वशी रौतेला जहाँ पनि जान्छिन, त्यहाँ मज्जाले छाउँछिन्। हालै उनि मनोज कुमारको नातिनी मुस्कानको मेहेन्दीमा गएकी थिइन्।  यसै क्रममा उनको लुकले सबैको ध्यान खिचेको थियो। उर्वशीले यस फंक्शनको फोटो सामाजिक सञ्जालमा शेयर गरेकी छन्, जुन निकै सुन्दर र  आकर्षित छ।

उर्वशी रौतेलाले रेड कलरको साडीसँग स्लीवलेस ब्लाउज लगाएकी छन्। साथै उनले नेकलेस र म्याचिंग चुरा, औँठी ,  टिका लगाएकी  छन्। उनको यो फोटो देखेर जो पनि दिवाना हुन्छन्।

कामको कुरा गर्ने हो भने उर्वशी रौतेला छिट्टै तमिल फिल्म ‘सई फाई’ बाट डेब्यू गर्नेछिन्।  जुनमा उनी माइक्रोबायोलजिस्ट र आईआईटीअनको भूमिकामा देखिने छिन्। यसबाहेक उनी ब्ल्याक रोज र थिरुतु पायल २ मा पनि काम गर्दैछिन्।

प्रकाशित : मङ्गलबार, असार ०८, २०७८१९:३०

फिल्म शोलेको यस तीन मिनेटको सीन शूट गर्न लागेको थियो तीन वर्ष !