एजेन्सी – बुधबार ग्रहचक्रमा ठूलो परिवर्तन हुँदैछ। बुधबार बिहान ३ बजेर ४२ मिनेट ग्रहहरुको राजकुमार मानिने बुधले आफ्नो छाल परिवर्तन गर्नेछ। त्यस समय पश्चात बुध मार्गी हुनेछ।
बुध गत मे २६ मा वृष राशिबाट मिथुन राशिमा प्रवेश गरेको थियो। ३० मेमा बुधको छाल परिवर्तन भएको थियो भने ३ जूनमा पुनः वृष राशिमै फिर्ता भएको थियो। बुधबार चाल परिवर्तन गरेपछि मार्गी अवस्थामा जुलाई ७ सम्म रहनेछ। त्यसदिन पश्चात बुध मिथुन राशिमा प्रवेश गर्नेछ। बुधबार बुधले चाल परिवर्तन गर्दा सम्पूर्ण राशिहरुलाई प्रभाव पर्नेछ। बुधले चाल परिवर्तन गर्दा निम्न राशि हुनेहरुलाई धेरै नै लाभ मिल्नेछ।
मेष राशि
बुधको चाल परिवर्तन मेष राशि हुनेहरुका लागि धेरै नै लाभदयाक सावित हुनेछ। बुधका कारण वक्तृत्व कौशलता बढ्नेछ। बोलिका कारण नै महत्वपूर्ण कार्य सफल हुनेछन्। शत्रुलाई पनि मित्रमा परिणत गराउन सफल भइने देखिन्छ। पारिवारिक माहोल भने सोचेजस्तै रहला। हरेक कार्यमा परिवारका सदस्यहरुको मात्र नभई आफन्तजनको पनि साथ मिल्नेछ। स्वास्थ्यमा पनि बुधको सकारात्मक असर रहनेछ।
वृष राशि
बुध वृष राशिमै मार्गी हुने हुँदा वृष राशि हुनेहरुलाई त्यसको लाभ अत्याधिक मिल्नेछ। वृष राशि हुनेहरुको जीवनमा अनेक सकारात्मक परिवर्तन हुनेछन्। परिवारमा उल्लासमय वातावरण रहनेछ भने शुभ कार्यको आयोजना हुने योग पनि देखिन्छ। नयाँ कार्य थालनीका लागि ठोस कदम चाल्न सकिनेछ। यश-किर्ती बढ्नुका साथै मान सम्मान पनि प्राप्त होला। रोजगारको क्षेत्रमा पनि उल्लेख्य प्रगति हुने देखिन्छ।
कर्कट राशि
बुधको चाल परिवर्तन कर्कट राशि हुनेहरुका लागि वरदान भन्दा कम हुने छैन। मनले चाहेका सम्पूर्ण कार्य सफल हुनेछन्। योजना अनुसार दैनिकी व्यतित हुँदा मानसिक रुपमा सुख मिल्नेछ। लेखन पठन पाठन तथा आध्यात्मको क्षेत्रमा रुचि बढ्नेछ। शत्रु सहजै पराजित हुनुका साथै प्रतिष्पर्धाहरुमा पनि विजयी भइनेछ।
कन्या राशि
बुधको चाल परिवर्तनले कन्या राशि हुनेहरुको आर्थिक पक्ष बलियो बनाउनेछ। आम्दानीका नयाँ श्रोत फेला पर्नुका साथै पूराना आम्दानीका श्रोतले दिने फलमा वृद्धि हुनेछ। रोजगारको क्षेत्रमा पदोन्नती मिल्ने योग छ। कानुनी रुपमा रहेका समस्या देखि पनि छुटकारा मिल्न सक्ने देखिन्छ। राज्य क्षेत्रबाट आवश्यक सहयोग प्राप्त हुन सक्ला।
वृश्चिक राशि
सप्तम भावमा बुधले चाल परिवर्तन गर्दा वृश्चिक राशि हुनेहरुको जीवनमा विभिन्न प्रकारका सकारात्मक पारिवार्तन हुनेछन्। महत्वपूर्ण कार्य सफल हुँदा ठूला परियोजन्जा हातलागि हुनेछ। यात्राको अवसर पनि जुर्न सक्ला। धेरै समय देखि भेट नभएका मित्रजनसंगको भेटले पनि लाभ नै दिलाउने छ। प्रेम जीवनमा पनि बुध ग्रहको सकारात्मक प्रभाव रहने देखिन्छ।
मीन राशि
तृतीय पराक्रम भावमा बुधको चाल पारिवार्तन हुँदा मीन राशि हुनेहरुलाई अनेक प्रकारका लाभ मिल्नेछन्। महत्वपूर्ण कार्यको थालनी हुनेछ। परक्राम तथा उर्जा बढ्नेछ। सामाजिक दायित्व पूरा गर्न सकिँदा सम्मान प्राप्त हुनेछ। प्रेम जीवन पनि सुखद रहला। बुधको शुभ प्रभाव कार्यक्षेत्रमा पनि पर्नेछ। वैदेशिक यात्रा सफल गराउन पनि बुधको सकारात्मक प्रभाव रहने देखिन्छ।

