आज युरो कपमा विभिन्न चार रोमाञ्चक खेल हुँदै ! कुन-कुन, कति बजे ?

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणमा आज (बुधबार) विभिन्न रोमाञ्चक चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज समूह ‘ई’ र समूह ‘एफ’ का अन्तिम चरणको खेलमा प्रतिस्पर्धा हुनेछ ।

समूह ‘ई’ मा स्लोभाकिया र स्पेन तथा स्वीडेन र पोल्यान्डबीच खेल हुनेछ । दुवै खेल एकै समयमा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । यो समूहबाट स्वीडेनले नकआउट चरणको यात्रा तय गर्दा बाँकी तीन टोलीको पनि अन्तिम १६ मा पुग्ने सम्भावना जीवित छ ।

स्वीडेनलाई हराउँदा पोल्यान्डको पनि अघिल्लो चरण पुग्ने सम्भावना रहन्छ । पोल्यान्डले आफूले जितेर अर्को खेल बराबर नभए दोस्रो हुनेछ । स्लोभाकियाले स्पेनलाई हराएको खण्डमा पोल्यान्ड तेस्रो हुदै अघि बढ्ने सम्भावना हुन्छ ।

यस्तै स्पेनलाई हराएको खण्डमा स्लोभाकिया अघि बढ्नेछ । स्वीडेन बराबरी या हारेको खण्डमा स्लोभाकिया समूह विजेता बन्नेछ । स्पेनले स्लोभाकियालाई हराए अघि बढ्नेछ । बराबरीले पनि तेस्रो स्थान हुनेछ तर त्यसका लागि पोल्यान्ड हार्नुपर्नेछ ।

यस्तै ग्रुप अप डेग समूह ‘एफ’ मा आज राति जर्मनी र हंगेरी तथा पोर्चुगल र फ्रान्सबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे खेल हुनेछ । फ्रान्सले अन्तिम १६ मा स्थान बनाइसकेको छ ।

पोर्चुगलविरुद्ध जित हासिल गरे पहिलो स्थान हासिल गर्नेछ । त्यस्तै आफू बराबर भएर जर्मनीले जित्न नसकेपनि फ्रान्स शीर्ष नै रहनेछ । फ्रान्स हारेर हंगेरी जितेको अवस्थामा भने गोल अन्तरले दोस्रो स्थान निर्धारण हुनेछ ।

फ्रान्सलाई हराउन सके अर्को चरण पक्का छ । आफू बराबर गरेर जर्मनी हारेपनि अन्तिम १६ मा पुग्नेछ । पोर्चुगल जितेर जर्मनीले नजिते शीर्ष स्थानमा नै पुग्नेछ । पोर्चुगलले हारेर जर्मनी पनि हारेको अवस्थामा भने समूह चरणबाट नै बाहिरिदा हंगेरी अघिल्लो चरण प्रवेश गर्नेछ ।

हंगेरीलाई हराए जर्मनी अर्को चरणमा जानेछ । बराबरी खेलेर फ्रान्सले नहारे पनि जर्मनी अघि बढ्नेछ । जर्मनीले जितेर फ्रान्सले जित्न सकेन भने शीर्षस्थानमा पुग्नेछ । जर्मनीले बराबरी गरेर फ्रान्सले हारे अथवा जर्मनी र पोर्चुगल दुवैले हारे तेस्रो स्थानमा पुग्नेछ ।

आफू जितेर पोर्चुगल पराजित भए हंगेरी दोस्रो स्थानमा रहेर अघि बढ्नेछ । आफू जितेर फ्रान्स हारे दोस्रो स्थान गोल अन्तरले निर्धारण हुनेछ । हंगेरीले जितेर अर्को खेल बराबर भए तेस्रो स्थान हासिल गर्दा पोर्चुगल समूह चरणबाटै बाहिरिने छ ।

प्रकाशित : बुधबार, असार ०९, २०७८१२:३६

“अशक्त र परित्यक्त बालबालिकाको हेरविचार सरकारले गर्नछ”