लगातार बढेको सुनको मूल्य आज घट्यो ! कति ?

काठमाडौँ – लगातार दुई दिन बढेपछि सुनको मूल्य घटेको छ। सोमबार र मंगलबार बढेको सुनको मूल्य आज बुधबार घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार ७ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैंयाँले घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अगाडी छापावाला सुन आइतबार ९० हजार, सोमबार ९० हजार ४ सय र मंगलबार ९१ हजार रुपैंयाँमा कारोबार भएको थियो भने तेजाबी सुन आइतबार ८९ हजार ५ सय ५०, सोमबार ८९ हजार ९ सय ५० र मंगलबार ९० हजार ५ सय रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

नेपाली बजारमा आज सुनको मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य तोलामा अरु ५ ले घटेर १२ सय ९५ कायम भएको छ।

प्रकाशित : बुधबार, असार ०९, २०७८१२:२८

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्यो, मृत्यु कति ?