जया बच्चनले करिश्मा कपूरलाई बताएकी थिइन् आफ्नो बुहारी, तर …

बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या रायको जोडी बलिउडको सबैभन्दा चर्चित जोडीमा एक हुन् । तर कमै मान्छेलाई थाहा छ कि अभिषेक बच्चनको पहिलो रोजाई ऐश्वर्या नभई करिश्मा कपूर थिइन्। वास्तवमा २००२ मा फिल्म ‘हां मैंने भी प्यार किया’ को क्रममा अभिषेक  र करिश्मा एक-अर्काको नजिक भएका थिए। यधप दुवैले एकअर्कालाई बाल्यकालदेखि नै चिन्थे।  यही फिल्मबाट उनीजरुको प्रेम कहानी सुरु भएको थियो। परिवार पनि उनीहरुको बिहे होस् भन्ने  चाहन्थे। यसैकारण उनीहरुको २००२ मा अमिताभ बच्चनको जन्मदिनमा इन्गेजमेन्ट भएको थियो। तर अचानक उनीहरुको सम्बन्ध बिग्रन थाल्यो।

अहिले सामाजिक सञ्जालमा एक भिडियो भाइरल भईरहको छ। जुनमा अभिषेकको आमाले  करिश्मा कपूरलाई आफ्नो बुहारीको रुपमा  परिचय गराएकी थिइन्।  जयाले भनेकी छन् , ‘ आज हामी बच्चन र नन्दा परिवार यहाँ अर्को एक परिवारलाई आफ्नो समुहको हिस्सा बनाउन गईरहेका  छौँ।  उनीहरु कपूर परिवार हुन्। बबिता र रणधीर कपूर र मेरो हुनेवाली बुहारीलाई  स्वागत गर्छौं। ‘ त्यसपछि करिश्मा जयाको नजिक मन्चमा आउँछिन्।

खबर अनुसार जया बिहेपछि आफ्नो बुहारी फिल्ममा काम गरोस् भन्ने चाहदिनथिन्। यसैकारण दुवै परिवार बीच खटपट भयो र सम्बन्ध टुट्यो। थुप्रै मीडिया रिपोर्ट्समा  करिश्मा र अभिषेकको सम्बन्ध टुट्नुको कारण  बबिता कपूरलाई मानिन्छ। श्रीमान रणधीर कपूरसँग अलग भएपछि बबिता छोरी करिश्मा र करीना कपूरको भविष्य सुरक्षित गर्न चाहन्थिन्क।

करिश्मा ९० को दशकमा सफल अभिनेत्री थिइन्। तर अभिषेकलाई  भने अभिताभ बच्चनको छोराको रुपमा चिनिन्छन्। त्यसपछि करिश्माले  संजय कपूरसँग बिहे गरिन्। यो संजयको दोस्रो बिहे थियो। तर करिश्मा  कहिले पनि यस बिहेबाट खुशी रहन सकिनन्। करिश्माले १० वर्षपछि संजयसँग डिभोर्स लिईन्। अहिले उनको दुई छोराछोरी छन्।   संजयले अहिले प्रिया चटवालसँग तेस्रो बिहे गरिसकेका छन।

प्रकाशित : बिहिबार, असार १०, २०७८२२:५९

१८ मिनेटसम्म चिप्किरह्यो एन्जेलिना जोलीको शरीरमा माहुरी, हेरौ उनका बो-ल्ड फोटोशुट!