‘पैसा माग्दै आधा खल्तीमा,आधा बाड्दै गर्नैपर्छ?’ भन्दै फ्यानलाई दिए प्रदिपले यति धेरै जवाफ!

काठमाडौँ, असार १० । पछिल्लो समय लगातार परिरहेको पानीको कारण देशैभरिका थुप्रै स्थानमा बाढी र पहिरो गएको छ। बाढी-पहिरोले गर्दा मानिसहरुलाई खान र बस्न नै गार्हो भएको छ।  राष्ट्रमा परेको यस्तो भिषण परिस्थितीमा थुप्रै सामाजिक अभियन्ता तथा नेपाली कलाकारहरुले सहयोग जुटाउदै आएका छन् ।  तर यस्तो परिस्थितिमा नेपालकै चर्चित कलाकारहरु अभिनेता अनमोल केसी र प्रदिप खड्का चुप लगेर बसेको भन्दै उनीहरुको आलोचना भएको छ।  त्यस्तै बुधबार अभिनेता प्रदीपले  एक कोल्ड ड्रिक्सको विज्ञापन गर्दै तस्विर पोष्ट गरेका थिए जसलाई लिएर अहिले सामाजिक संजालमा बहस नै चलिरहेको छ।

उनको तस्विरमा केही दर्शकले यस्तो परिस्थितिमा सामाजिक कार्यमा भन्दा  कोल्ड ड्रिक्सको प्रचार गरेर पैसा कमाउन तल्लिन भएको बताएका छन्। जसको जवाफमा उनि लेख्छन्, “अक्षरस जाने हो भने भगवानले सहयोग गर्ने हो, भगवाननलाई सहयोग आवश्यक पर्छ ? भावानात्मक रुपमा जाने हो भने आवश्यक पर्नेलाई पक्कै सहयोग गर्न पर्छ । बिना प्रचार गर्दा हुन्छ कि प्रचार गरेरै गर्न पर्छ ?’ आफ्नो सामर्थ्य  भन्दा माथि सहयोग गर्न जरुरी छ ? कसैलाई व्यक्तिगत रुपमा सहयोग जुटाउन मैले अपिल गर्दा मद्दत बढ्छ भने म त्यो गर्छु, गरेको पनि छु । जसलाई म प्रचार भन्दा प्ल्याटफर्मको प्रयोग मान्छु ।

राष्ट्रमा परेको विषम परिस्थितिमा मेरो उपस्थितिको कुरा गर्ने हो भने मा घरमा लुकेर आफुलाई बचाएर बसेको पक्कै छैन। इन्डियामा कोभिडले चरम आतंक मच्चाउदा नेपाली फिल्मको लागि योगदान दिन तल्लिन भएरै काममा लागेको छु। भाइरस आज होला, क्यान्सर पहिला बाट थियो।भ्याक्सिन बनाउने ठुलो होला, क्यान्सरको औषधि पत्ता लाउने कम हुन्नन्। ‘प्रेमगीत ३’ मार्फत नेपाली फिल्म इन्डष्ट्रीको क्यान्सरको उपचार पत्ता लागोस। प्रचार नगर्दा योगदान मुल्यांकन हुदैन भने मेरो भन्नु केहि छैन।”

सामाजिक कार्य देखाएर गर्न आवश्यक छैन भन्दै जसको जे काम हो सोही कामबाट योगदान दिनुपर्ने भन्दै प्रदीपले अगाडी लेखेका छन्, ‘पैसा माग्दै अनि आधा खल्तीमा आधा बाड्दै गर्नै पर्छ भन्ने केहि छ? सकेको गर्ने, देखेको गर्ने कि कता देखाउन पाइन्छ  भनेर गर्ने ? सबजना यसमा लाग्ने कि सबले आफ्नो आफ्नो काम निष्कपट गर्ने ? सरकार सहित मलाई भन्नुको सट्टा एनजीओ, आइएनजीओ, फाउन्डेसन अथवा सरकारको जुन निकाय यसको लागि तलब खाएर बस्छ, त्यस्ता गालि गर्ने? सर! गरेको देखाउन गरौ। अझ त्यो भन्दा बढी जसको ज काम हो त्यो गरम न ! अनि जसले आफ्नो जिम्मेवारी पुरा गर्दैन त्यसलाई चाही सचेत गरौ। जिम्मेवार नागरिक त्यो हो ! नेपाल बिग्रेकै  गर्न पर्ने चिज नगरेर होला कि। मलाइ अर्ति  दिने समयमा जसको जिम्मेवारी हो त्यसलाई दबाब दिएको भए?’

प्रकाशित : बिहिबार, असार १०, २०७८१३:१९

देउवालाई ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेर संसद् बोलाउनुपर्छ!