यदी तपाईले राती सपनामा यी १० चीज देख्नुभयो भने हुनसक्छ यस्तो भयानक संकेत!

सपना एक काल्पनिक घटना जस्तै हो।  शास्त्रका अनुसार सपना  दिनभरि भईरहेका घटनाको आधारमा पनि हुन्छ। प्रायः मानिसहरू दिनभरि जुन कुरा अत्यधिक सोच-विचार गर्छ,उनीहरू त्यहीँ सपनामा देख्छन्। तर  हरेको सपनाको कुनै अर्थ हुनुपर्छ भन्ने पनि जरुरी छैन। धेरै मानिसहरू खराब सपना देख्नु उनीहरुको  नजिकको आफन्तको मृत्यु  हुने सक्ने संकेत हो भन्ने विश्वास गर्छन्। यधपी कुनै सपना यति  भयानक हुन्छ  कि सपना देख्ने मान्छे निन्द्रामा नै डराउँछन्।

सपनामा मृत्यु देख्नु साह्रै डरलाग्दो हुन्छ। त्यसकारण प्राचीन कालदेखि प्रायः सपनालाई वेवास्ता गर्नुहुन्न भन्ने मान्यता छ। यो कुनै कुरा वा घटनाको संकेत पनि  हुन सक्छ। यधपी सपना किन देख्छौँ, यसको पछाडिको  कारण के हो, यो आज पनि रहस्य नै छ। विज्ञानले  सपनाहरुको बारेमा कुनै विशिष्ट पुष्टि गरेको छैन।

मृत्युको लक्षण दुई प्रकारको हुन्छ: टाढा र नजिकै गरी दुई प्रकारको हुन्छ । टाढाको संकेत तीन प्रकारको हुन्छ। शारीरिक संकेत, मानसिक संकेत र सपना संकेत। टाढाको संकेतमा लगातार सपना देख्नु समावेश रहेको छ। यसमा मान्छेहरु  अग्लो पर्वतबाट खस्दै गरेको वा कुनै  व्यक्ति नग्न अवस्थामा वा कुनै मरूभूमिमा यात्रा गर्दै गरेको सपना देख्छन् । आउनुहोस् हामी केही सपनाको बारेमा बताउछौ जसले  मृत्युको संकेत गर्छ।

सपनामा कालो छाँया देख्नु: सपनामा कालो छाँया देख्नु अज्ञात, बेहोश, खतरा, रहस्य, अन्धकार, मृत्यु, शोक, अस्वीकृति, घृणा वा द्वेषको प्रतीक हो। यो प्रेमको कमी र समर्थनको अभावको संकेत पनि हो। सकारात्मक रूपमा कालो रङले क्षमता र संभावनालाई प्रतिनिधित्व गर्छ।  सपनामा कालो छाँया देख्नु अशुभ मानिन्छ ।

सपनामा सर्प देख्नु: शास्त्र अनुसार सपनामा सर्पलाई देख्नु अशुभ मानिन्छ। सपनामा सर्प देख्नु सम्बन्धी विभिन्न संस्कृतिमा यसको व्यापक व्याख्या गरिएको छ। धर्मशास्त्रमा सपनामा सर्पलाई देख्दा समस्या हुने संकेत मानिन्छ।

सपनामा कालो बिरालो  देख्नु:  शताब्दि देखि कालो बिरालोलाई जादु, बोक्सी र रहस्यमय चीजसँग सम्बन्धित छ भन्ने विश्वास गरिन्छ। सपनामा कालो बिरालो देख्नु असुरक्षाको प्रतीक मानिन्छ। यो दुर्भाग्यसँग पनि जोडिएको हुन्छ । सपनामा कालो बिरालोले भविष्यमा घट्ने नराम्रो  घटनाको संकेत दिन सक्छ।

सपनामा दाँत झरेको देख्नु: स्वप्न शास्त्र अनुसार सपनामा दाँत झरेको देख्नु अशुभ मानिन्छ। यसले वास्तव नै तपाईको  नजिकको कोही मानिस मर्ने कुरा संकेत गर्छ। यधपी सुत्दा दाँत दुख्नु पनि दुस्वप्नको  संकेत हुन सक्छ।

सपनामा काग देख्नु: सपनामा काग देख्नुलाई राम्रो संकेत मानिदैन। यदि कोहि व्यक्तिले सपनामा काग देख्छ भने यसले कुनै अप्रिय वा दुर्घटना हुन सक्ने कुरा  संकेत गर्छ।

सपनामा पानीमा डुबेको व्यक्तिलाई बचाउनु: सपनामा डुबेको व्यक्तिलाई उद्धार गरेको देख्नु अशुभ मानिन्छ। यसले भविष्यमा हुने कुनै नराम्रो घटनालाई संकेत गर्छ ।

सपनामा यात्रा गरेको देख्नु: यदि तपाई सपनामा आफुलाई यात्रा गरेको वा तयारी गर्दै गरेको  देख्नुहुन्छ भने तपाईले भविष्यमा यात्रा गर्नु हुदैन। मनोवैज्ञानिक अनुसार यस्तो सपनाले मृत्युलाई संकेत गर्छ।

सपनामा  नाचेको वा गाएको देख्नु: यदि कुनै व्यक्तिले आफुलाई सपनामा नाचिरहेको वा गाईरहेको देख्छ भने  यसले मृत्युलाई संकेत गर्छ। यस बाहेक कुनै व्यक्तिले गधाको सवार गरेको देख्छ भने यसले पनि मृत्युको संकेत गर्छ।

प्रकाशित : बिहिबार, असार १०, २०७८१७:४४

असार १८ गते सम्म कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !