मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाई थकान,आलस्य र व्यग्रता अनुभव गर्नुहुनेछ। कुरैकुरामा रिसाउनु हुन्छ। साथै काम नबिग्रियोस् यस कुराको ध्यान राख्नुहोला। पेसा वा व्यापारको स्थान वा घरमा कसैको मन दु:ख हुन सक्छ। कुनै धार्मिक वा मांगलिक कार्यमा जान सक्नुहुन्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाई शारीरिक तथा मानसिक रुपले अस्वस्थ अनुभव गर्नुहुन्छ। नयाँ काम प्रारम्भ नगर्नुहोला। खान-पिनमा विशेष ध्यान राख्नुहोला। स्वास्थ्य बिग्रने सम्भावना छ। तपाई निश्चित समयमा कार्य पूर्ण गर्न सक्नुहुन्न। योग-ध्यानले मानसिक रुपले शान्त रहन सक्नुहुन्छ।
मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको दिन मनोरंजन तथा आनन्दमा बित्नेछ। मित्र तथा परिवारसँग आनन्दित वातावरणमा दिन बिताउनुहुन्छ। सामाजिक रुपबाट सम्मान र प्रसिद्धि प्राप्त गर्न सक्नुहुन्छ। दाम्पत्यजीवनमा सुख मिल्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको दिन आनन्ददायक सफलता प्रदान गर्नेवाला छ। परिवारसँग समय सुखपूर्वक बित्नेछ। आवश्यक कार्यमा खर्च होला। आर्थिक लाभको लागि राम्रो दिन छ। तपाईको दिन अनुकुल छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको शारीरिक तथा मानसिक स्वास्थ्य स्वस्थ रहला। सिर्जनात्मक कार्य सुन्दर रुपले सम्पन्न गर्नुहुन्छ। सन्तानको तर्फबाट शुभ समाचार मिल्नेछ। मित्रसँग भेट आनन्ददायी हुनेछ। धार्मिक परोपकारको कार्य गर्नुहुन्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईको दिनको समय अनुकूल छैन। कुनै कुरालाई लिएर चिन्तित रहनुहुन्छ। तपाई शारीरिक तथा मानसिक रुपले अस्वस्थ अनुभव गर्नुहुनेछ। परिवारको सदस्यसँग झगडा होला। आमाको स्वास्थ्य बिग्रन सक्ला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईको दिन भाग्यवृद्धि हुनेवाला छ। भाई-बहिनीसँग सम्बन्ध राम्रो रहनेछ। कुनै धार्मिक यात्रा हुन सक्छ। नयाँ कामको आरम्भको लागि शुभ दिन छ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। विदेशबाट शुभ समाचार मिल्नेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईको लागि दिन मध्यम फलदायी छ। अनावश्यक खर्चमा ध्यान राख्नुहोला। बोलिमा ध्यान राख्दा परिवारमा सुख-शान्ति बनिरहनेछ। विचारमा नकारात्मकता छाईरहनेछ। धार्मिक दृष्टिले खर्च हुन सक्छ। विधार्थीको लागि समय अनुकूल छैन।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

शारीरिक तथा मानसिक स्वास्थ्यको ध्यान राख्नुहोला। तपाई निर्धारित कार्य गर्न सक्नुहुन्छ। आर्थिक लाभ होला। विशेषगरी धार्मिक यात्रा होला। कुनै आफन्तको घरमा मांगलिक प्रसंगमा उपस्थित हुन् सक्नुहुन्छ। दाम्पत्यजीवनको सुख र आनन्द मिल्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यवसायिक कार्यमा सहकारी हस्तक्षेप बढ्नेछ। खर्च सामान्यभन्दा अधिक हुनेछ। धार्मिक, सामाजिक कार्यमा व्यस्तता बढ्नेछ। स्वास्थ्य सम्बन्धि चिन्ता रहनेछ। पुत्र एवम् आफन्तसँग झगडा हुन सक्छ। मानसिक व्याकुलताको अनुभव हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नयाँ कामको आयोजनको प्रारम्भको लागि दिन शुभ छ। पेसा तथा व्यापारमा लाभ होला। स्त्री मित्रसँग भेट होला। सामाजिक क्षेत्रमा ख्याति बढ्नेछ। सन्तानसँग भेट होला। श्रीमती र छोराबाट लाभ होला। विवाह गर्न ईच्छुक व्यक्तिको विवाह हुन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको दिन शुभ फलदायी छ। पेसा वा व्यापारमा सफलता मिल्नेछ तथा उच्च अधिकारी तपाईप्रति प्रसन्न रहनेछन्। व्यापारमा सफलता मिल्न सक्छ। पारिवारिक आनन्दबाट खुशी रहनुहुन्छ।

