जीवन विकास लघुवित्तको आईपीओ खुल्यो ! सर्वसाधारणको भागमा कति ?

काठमाडौँ – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको आवेदन खुला भएको छ। जीवन विकास लघुवित्तको आईपीओको आवेदन शुक्रबारबाट खुला भएको हो।

कम्पनीको १९ करोड ७७ लाख ३० हजार रुपैंयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्रीका लागि आवेदन खुला भएको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटलले जनाएको छ।

त्यसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्ता भने सर्वसाधारणका लागि रहनेछ। कम्पनीको प्रतिशेयर मूल्य १ सय रुपैंयाँ रहने छ।

शुक्रबारबाट खुला भएको आइपिओ आवेदन छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म रहनेछ। सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएकोमा जेठ ३० गते अनुमती पाएको हो। हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ ।

 

प्रकाशित : शुक्रबार, असार ११, २०७८०९:१४

आइतबारदेखि सरकारी कार्यालय खुल्दै !