रामोसका प्रशंसामा खुले क्रुस, भने – रमोज बिनाको रियल म्याड्रिड मलाई थाहा थिएन !

एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिड तथा जर्मन राष्ट्रिय टोलीका सदस्य टोनी क्रुसले सर्जियो रामोसको बहिर्गमनलाई लिएर आश्चर्य व्यक्त गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा क्रुसले रामोसले रियल छाडेको विषयले आफूलाई छक्क बनाएको बताएका हुन्।

क्रुसले रामोस बिनाको रियल म्याड्रिड स्मरण गर्न मात्रै पनि आफूलाई गार्हो हुने बताए। उनका अनुसार उनी रामोस बिनाको रियलको कल्पना पनि सहजै गर्न सक्दैनन्।

क्रुसले भने,”मलाई रामोज बिनाको रियल म्याड्रिड थाहा छैन। र उनी बिनाको रियलको कल्पना गर्न पनि मलाई गार्हो हुन्छ। मैले उनी रियलमै रहन्छन् भन्ने सोचेको थिएँ। मेरा लागि रामोसको रियलबाट बहिर्गमन कल्पना भन्दा बाहिरको कुरा थियो।”

रियलका लागि रामोसले धेरै दुख गरेको पनि क्रुसले बताए। रामोस क्लबका लगातार लडेको र आफूसँग भएको सम्पूर्ण क्लबलाई दिएको क्रुसको भनाई छ।

“उनी उच्च तहका खेलाडी मात्र थिएनन्, एक सच्चा र उत्कृष्ट कप्तान पनि थिए। उनी जस्तो कप्तान मैले कहिले पनि देखेको थिइन। टिमका लागि उनी मैदानमा मात्र नभई मैदान बाहिर पनि लड्थे।”,क्रुसले भने।

रामोसको अनुपस्थितले क्लबलाई धेरै फरक पर्ने पनि क्रुसले बताए। धेरै खेलाडीहरुलाई खेल्न गार्हो डिफेन्डरको नाम सोध्दा रामोसकै नाम आउने गरेको क्रुसको भनाई छ। यसैले रामोस क्लबका लागि कति महत्वपूर्ण थिए भन्ने स्पष्ट पार्ने क्रुसले बताए। रामोस पुनः रियलमै फिर्ता हुने विश्वास पनि क्रुसले व्यक्त गरे।

“यदि तपाईले १०० प्रतिद्वन्द्वी फरवार्डलाई कुन डिफेन्डर विरुद्ध खेल्न कम मनपर्छ भानेर सोध्यो भने त्यसको उत्तरमा रामोसको नाम आउँछ। यसैले उनी क्लबका लागि कति महत्वपूर्ण थिए भन्ने बताउँछ।”,क्रुसले भने,”मलाई विश्वास छ, रामोसलाई पुनः हामी रियलमा देख्नेछौँ। जे जस्तो भूमिकामा भएपनि रामोसलाई रियलमै देख्न पाइनेछ।”

प्रकाशित : शुक्रबार, असार ११, २०७८१७:३१

एम्बाप्पेलाई स्पेनमा ल्याण्ड गराउने रणनीति बनाउँदै रियल !