अभिनेत्री तथा मोडल सन्ध्या केसीले यी युवकसंग गरिन कानुनी विवाह-[हेरौ ७ तस्विरमा]

काठमाडौँ, असार ११। नायिका, मोडेल तथा भिजे सन्ध्या केसीले कानुनी विवाह गरेकी छिन्।  उनले सामाजिक संजाल मार्फत आफुले बिहे गरेको कुरा जानकारी दिएकी हुन्। केसीले आभुसन ज्योति कंसकारसंग विवाह गरेकी हुन्।

नायिका केसी लेख्छिन, ‘आनन्द तब हुन्छ जब वास्तविक कुरा शेयर गरिन्छ । र  महामारी र धेरै योजनाहरूको बीचमा  यसलाई यथार्थमा परिवर्तन गर्ने। हामीले एक अर्कालाई स्वीकार गर्यौ। हामीलेहाम्रो युनियनलाई हातमा हात मिलाएर कानुनी हिसाबले विवाहित जोडीको रूपमा सुन्दर यात्रा शुरु गर्यौ।  आभूषण ज्योति कन्सकारसँग मेरो विवाहको घोषणा गर्न पाउँदा म खुसी छु। त्यो मानिस जसले मलाई प्रेम, आदर र कहिल्यै अन्त नहुने मित्रता गर्यो ।’ साथै नायिका सन्ध्याले  सबै कुरा सहज भएपछि धार्मिक रुपमा सबैको आशिर्वाद लिने बताएकी छिन्।

हेर्नुहोस सन्ध्या  केसी र आभुसन ज्योति कंसकारको केहि तस्विरहरु:

सन्ध्याले चलचित्र ‘पण्डित बजेकोको लौरी’ मा अभिनय गरेकी छिन्। सामाजिक संजालमा निकै एक्टिभ रहने उनको सुन्दरताको निकै चर्चा हुने गर्छ। 

अभिनेत्री सन्ध्याले विभिन्न रेडियो र टेलिभिजनमा होस्टको रुपमा काम गरिसकेकी छन्।  साथै उनले नेपाली चलचित्र तथा म्युजिक भिडियोहरुमा पनि अभिनय गरिसकेकी छन् ।

प्रकाशित : शुक्रबार, असार ११, २०७८१७:५८

सर्वोच्चमा बहस – “संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार दिएको छैन”