एम्बाप्पेलाई स्पेनमा ल्याण्ड गराउने रणनीति बनाउँदै रियल !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार फरवार्ड किलियन एम्बाप्पे स्पेनिस महारथी क्लब रियल म्याड्रिडमा जाने चर्चा चलेको केहि वर्ष भइसक्यो। हरेक ट्रान्सफर विन्डोमा उनी रियल जाने चर्चा चल्छ। अझ एम्बाप्पे आफैं रियलको प्रशंसामा उत्रिँदा उनी रियल जाने चर्चाले थप व्यापकता पाउँछ।

तर, अहिले सम्म उनी रियल जाने कुनै टुंगो लाग्न भने सकेको छैन। एम्बाप्पेलाई लिएर पिएसजी र रियल बीच पटक-पटक भएका संवादले उक्त विषयलाई टुंगो लगाउन सकेको छैन। केहि समय अगाडी पिएसजीका अध्यक्ष नासेर अल खेलाफीले एम्बाप्पेलाई कुनै पनि हालतमा नबेच्ने बताएपछि उक्त चर्चा झनै सेलाएको छ।

यस विषयमा स्पेनिस संचार माध्यमहरु भने फरक धारणा राख्छन्। उनीहरुका अनुसार एम्बाप्पे रियल आउने सम्भावना टुंगिएको छैन। बाहिर सतहमा देखिने गरी दुई क्लब बीच एम्बाप्पेका बारेमा संवाद नभएपनि दुई क्लब एक सम्झौतामा पुग्ने स्पेनिस मिडियाहरुको दावी छ।

एम्बाप्पेको विषयमा यियल म्याड्रिडले हार खाइसकेको कुरालाई स्पेनिस मिडियाहरु गलत बताउँछन्। हात ट्रान्सफर विन्डोमा खर्च गर्दै नगरेको रियल एम्बाप्पेलाई जसरी पनि भित्र्याउने पक्षमा रहेको बताइन्छ। हाल रियल एम्बाप्पेलाई ल्याण्ड गराउने रणनीति निर्माणमा जुटेको स्पेनिस मिडियाहरु दावी गर्छन्।

रियल एम्बाप्प्पेलाई क्लबमा भित्र्याउने विषयमा क्रमिक रुपमा अगाडी बढ्ने पक्षमा देखिन्छ। रियलले पिएसजीका अध्यक्ष र आफ्ना अध्यक्ष बीच हुने छलफलले एम्बाप्पेको विषय टुंगो लगाउने विश्वास लिएको। सठीक प्रस्ताव गर्न सके पिएसजीले एम्बाप्पेलाई बिक्री गर्नेमा उनीहरु ढुक्क जस्तै देखिएका छन्।

रियल एम्बाप्पेलाई अनुबन्धित गर्न आर्थिक रुपमा पनि तयार रहेको देखिन्छ। गत सिजन कुनै पनि खेलाडीमा खर्च नगरेको उसले अहिले पनि खासै ठोस खर्च गरेको देखिँदैन।

प्रकाशित : शुक्रबार, असार ११, २०७८२१:१५

युरोको नकआउट चरण: आज राति दुई खेल हुँदै ! कुन खेल कति बजे ?