असार १८ गते सम्म कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष (चु चे चो ला लि लु ले लो अ)

सातालाई मध्यम रूपमा लिन सकिन्छ । सामान्यखालका काममात्र हुनेछन् । विशेषखालको लाभ होलाजस्तो छैन । मानप्रतिष्ठा बढ्नुभन्दा अबगाल आउने सम्भावना धेरै छ । व्यापारको काममा भने अलिकति प्रगति हुनेछ र त्यसैले व्यवहार चलाउनमा मद्दत देला ।

वृष (इ उ ए ओ वा वी वु वे वो)

खासगरी प्राविधिक कामले मनग्गै फाइदा देला । पढाइ र लेखाइ दुवैतिर प्रगति हुने समय छ । खर्चको मात्रा नघटे पनि आम्दानीको स्तर बढ्न लागेकाले खास चिन्ता पर्ने छैन । मित्रहरू असलखालका छन् भने गतिलो कामसमेत हातमा पर्न सक्छ ।

मिथुन (का कि कु घ ङ छ के को हा)

त्यति राम्रोखालको साता होइन । धेरै बाधा र व्यवधानलाई सहनुपर्ला । रिस गर्ने र काम बिगारिदिने प्रशस्त छन् । हातले समातेको व्यवसायबाट पनि सोचेकोजति लाभ होलाजस्तो छैन । आर्थिक हानिको सम्भावना अति नै छ । नित्य सूर्यको दर्शन र आराधना गर्नुहोस् ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

सुरुका दिनमा अलिकति काम बन्नेछन् तर सोमबारको अपराह्नपछि प्रशस्त समस्यासित जुध्नुपर्नेछ । विशेषगरी आर्थिक स्थिति त्यति राम्रो होलाजस्तो छैन । व्यापारबाट भएको आम्दानी घट्ला कि जस्तो छ । परिवारका सदस्य र मित्रहरूले भने राम्रै मद्दत गर्नेछन् ।

सिंह (मा मि मु मे मो टा टी टू टे)

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । सोचेकोभन्दा निकै काम बन्नेछन् । आर्थिक स्थिति पनि सप्रिएर जानेछन् । व्यापार एवम् व्यवसायमा लाएको परिश्रम खेर जालाजस्तो छैन । रिस गर्ने र काम बिगारिदिने स्वयम् पराजित हुनेछन् ।

कन्या (टो पा पी पू ष ण ठ पे पो)

परिश्रम बढी गर्नुपर्नेछ । परिश्रमले नै व्यवहार चलाउन टेवा मिल्ला । केही गतिलो व्यावसायिक काम हातमा पर्ला कि जस्तो छ । बौद्धिक स्थिति पहिलेभन्दा सप्रिएर आएको छ । त्यसैले पढ्ने र पढाउने दुवै काममा सोचेकोभन्दा निकै प्रगति हुन जाला ।

तुला (र रि रु रे रो ता ति तु ते)

सुरुमा स्वास्थ्यसम्बन्धी समस्या पर्लाजस्तो छ । त्यसैले आर्थिक हानि हुन सक्छ । शैक्षिक काममा विघ्नबाधा आइरहलान् । मित्रबाट पनि ठूलो सहयोग मिल्लाजस्तो छैन । घरपरिवारको स्वास्थ्यका लागि आर्थिक व्यय होला । देवीको आराधना गरिरहनुहोस् ।

वृश्चिक (तो ना नि नू ने नो या यि यू)

पहिलेभन्दा केही सुधार भए पनि पूरा सन्तोष पाउन अझै पर्खनुपर्ने छ । मनमा अनेकप्रकारका तर्क, वितर्क र शङ्का उठिरहनेछन् । कुनै पनि कुराको निर्णय लिन ढिलो हुनेछ । स्वास्थ्यका लागि पनि बढी ख्याल राख्नुहोस् । इन्द्राणीको दर्शन गर्नु हाल नितान्त आवश्यक छ ।

मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)

रमाइलोसित साता सुरु होला । सुरुकै दिनमा इष्टमित्रसित भेटघाट हुने र मनोरञ्जन गरिने बढी सम्भावना छ । ठूलो रकमको लेनदेन भने हाल नगर्नुहोस् । आर्थिक लाभभन्दा हानि पो होला कि जस्तो छ । भित्रैदेखि दिल खोलेर सहयोग दिने मित्र कममात्र छन् ।

कुम्भ (गू गे गो सा सी सु से सो दा)

खर्च बढिरहला र त्यसलाई नियन्त्रण गर्न निकै कठिनाइ होला । व्यापार, व्यवसायबाट अलिकति आर्जन भए पनि पहिलेको तुलनामा त्यसलाई नगन्य भने हुन्छ । काम गरेको ठाउँमा मालिक खुसी होलान् भन्ने नसम् ́नुहोस् । शनिश्चरको आराधना हाललाई आवश्यक देखिन्छ ।

मीन (दी दू झ ञ दे दो चा ची)

मध्यमखालको साता छ । निकै कठिनाइपूर्वक समस्या समाधान गर्नुपर्ला । पढाइको क्षेत्रमा अलि–अलि प्रगति हुनेछ । लेख्नेतिर कलम चलाउनुहोस् । सोचेकोभन्दा बढी नै प्रगति होला । मित्रबाट पाइने सहयोगमा कमी देखिन्न । सूर्य दर्शन गरिरहनुहोस् ।

-दामोदरनाथ लोहनी

ज्योतिषाचार्य

प्रकाशित : शनिबार, असार १२, २०७८११:४६

असार महिना सबै भन्दा बढी कुन राशिलाई शुभ ? हेर्नुहोस् मासिक राशिफल !