यी ४ राशि मायामोहभन्दा धन-सम्पत्तिलाई बढी महत्त्व दिन्छन् !

अहिलेको समयमा मान्छेहरुलाई जीवनमा पैसाको महत्त्व अधिक भएको छ किनकी यस भौतिकवादी युगमा मानिसहरूलाई आधारभूत आवश्यकताहरू पूरा गर्न पैसा चाहिन्छ। साथै  विभिन्न ईच्छाहरू तथा भौतिक सुखसुविधाका लागि पनि धेरै पैसा चाहिन्छ। अहिलेका मानिसहरु पैसा पछाडी यति दौडिसके की उनीहरूलाई आफ्नो परिवार र आफन्तको लाई समय नै हुदैन। तर हरेक मान्छे यस्ता हुन्छन् भन्ने हुदैन। ज्योतिष शास्त्र अनुसार केहि राशिका मानिसहरु सम्बन्ध भन्दा धेरै धन र भौतिक सुख-सुविधालाई महत्त्व दिन्छन्। थाहा पाउनुहोस् कुन हो ति राशिहरु !

वृष राशि

वृष राशिको मालिक ग्रह शुक्र हो।  ज्योतिष शास्त्रमा  शुक्रलाई भौतिक सुख-सुविधा र धनको कारक ग्रह मानिन्छ। यस राशिका व्यक्तिहरूमा  शुक्रको प्रभावका कारण भौतिक चीजहरूसँग बढी सम्बन्धित हुन्छन्। यद्यपि यी व्यक्तिहरू विश्वसनीय हुन्छन् तर कहिलेकाहिँ उनीहरू सम्बन्धमा  पैसाको कारण  स्वार्थी पनि हुन्छन्।

वृश्चिक राशि

वृश्चिक राशिमा मंगलको प्रभुत्व हुन्छ। यस राशिका मान्छेहरु मंगलको प्रभावको कारण  साहसी र निडर हुन्छन्। यी मान्छेहरू धेरै व्यवहारिक हुन्छन्  र भावनाको आएर निर्णय लिदैनन्। यही कारण यी मानिसहरू धन-सम्पत्ति कुरा गर्न हिचकिचाउँदैनन् र सम्बन्धमा भन्दा धेरै महत्त्व पैसालाई दिन्छन्।

धनु राशि

धनु राशिको शासक  ग्रह बृहस्पति हो। यस राशिका मानिसहरूमा  यात्राको शोक हुन्छ। यसैकारण यी मानिसहरूलाई पैसाको आवश्यक हुन्छ  र   यसै शोकको कारण उनीहरु  धेरै पैसालाई महत्त्व दिन्छन्। यी मानिसहरु आफ्नो सुख-सुविधालाई लिएर धेरै गम्भीर हुन्छन्।  उनीहरु यस मामिलामा कुनै प्रकारको हस्तक्षेप गर्न चाहँदैनन्।

मकर राशि

मकरको शासक ग्रह शनि हो। यस राशिका व्यक्ति धेरै मिहिनेती र लक्ष्य तर्फ केन्द्रित हुन्छन्। यी मान्छेहरु जुन कार्य हर्ने ठान्छन् ,तो पूरा गरेर नै छोड्छन्। यी राशिका मान्छेहरुलिई पैसाको निकै महत्त्व हुन्छ। उनीहरु आफ्नो कडा परिश्रमको बलमा पैसा कमाउँछन् र पैसाको बर्बादी सहन सक्दैनन्अ।

प्रकाशित : शनिबार, असार १२, २०७८२२:४२

जुलाईमा ४ ग्रहहरुले आफ्नो राशि परिवर्तन गर्दै , कस्तो रहला प्रभाव ?