“एम्बाप्पे मेस्सी जस्तो बन्न सक्दैनन्, रोनाल्डो जस्तो बन्छन्”

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट(पिएसजी)का अर्जेन्टिनी खेलाडी लिआन्ड्रो पारेडेसले किलियन एम्बाप्पे लियोनेल मेस्सी जस्तो नभई क्रिस्टियानो रोनाल्डो जस्तो खेलाडी बन्ने धारणा राखेका छन्।

क्लबमा एम्बाप्पे तथा नेयमार सँगै प्रशिक्षण गर्दै आएका पारेडेसले एक अन्तर्वार्ताका क्रममा एम्बाप्पे मेस्सी भन्दा पनि रोनाल्डो जस्तो बन्ने बताएका हुन्। फुटबल कौशलतामा एम्बाप्पे रोनाल्डो जस्तो हुने बताए।

उनका अनुसार एम्बाप्पे शारीरिक र मानसिक रुपमा रोनाल्डोको लयमा हुनेछन्। मेस्सीमा रोनाल्डो र एम्बाप्पे भन्दा फरक प्रतिभा रहेको पारेडेसको भनाई छ। एम्बाप्प्पे र रोनाल्डो प्राकृतिक प्रतिभाको मामलामा मेस्सी भन्दा पछाडी रहेको संकेत गरे।

पारेडेसले भने,”एक खेलाडीको रुपमा एम्बाप्पे रोनाल्डोको लयमा छन्। शारीरिक क्षमताको मामलामा दुवै गज्जब छन्। रोनाल्डो जस्तै एम्बाप्पे शारीरिक रूपमा अद्भुत छन्।”

उनले थप भने,”मलाई लाग्छ कि ने(नेयमार) र लियो(मेस्सी)संग रोनाल्डो र एम्बाप्पे भन्दा फरक प्रतिभा छ। तर, एम्बाप्पे र रोनाल्डो शारीरिक रुपमा अतुलनीय छन्। यो उनीहरुको गुणमा पर्छ। र यसले नै उनीहरुलाई उत्कृष्ट बनाएको छ।”

पारेडेस सन् २०१९ देखि पिएसजीमा छन्। मिडफिल्डरको भूमिका निभाउने उनले अहिले सम्म पिएसजीका लागि ५४ खेल खेलेका छन्। त्यसमा उनले १ गोल गरेका छन्। त्यस्तै उनले अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका लागि ३२ खेल खेल्दै ४ गोल गरेका छन्। पारेडेसको मेस्सी र नेयमार दुवैसंग राम्रो सम्बन्ध छ।

प्रकाशित : शनिबार, असार १२, २०७८२१:२८

बेल्जियम भर्सेस पोर्चुगल: कसले मार्ला बाजी ? नेपालमा कसरी हेर्ने खेल ?