कहिल्यै नछुट्टिने भनेर हतकडी बाधेर एकसाथ बसेका एक जोडीले अन्त्यमा हतकडी निकालेका छन्। यी जोडीले भ्यालेन्टाईन डेमा एकअर्काको हात हतकडीले बाधेका थिए। १२३ दिनपछि यी दुई जोडीले हतकडी का-टेर स्वतन्त्र हुदै छुट्टिएका छन्।

२९ वर्षीय भिक्टोरिया र ३३ वर्षीय एलेक्जेंडरले हतकडी निकालेपछि अलग भएका छन्। हतकडी का’टेपछि भिक्टोरियाले भनिन् ,’ म आफ्नो जीवन स्वतन्त्र तरिकाले जिउन चाहन्छु र एक अलग व्यक्तित्व बन्न चाहन्छु। अन्तत : म स्वतन्त्र भएकी छु। ‘

यी दम्पतीले सोहि स्मारक अगाडी हतकडी का-टे जहाँ उनीहरुले हतकडी बाधेका थिए। डेलीमेलको रिपोर्ट अनुसार हतकडी का-टिएपछि एलेक्जेंडरले भने, ‘हामीलाई सहयोग गर्नु भएकोमा सबैलाई धन्यवाद। हामी खुसी थियौं र हामीले आफ्नो जीवनमा यो अनुभव पाउँदा धेरै खुसी छौं। युक्रेनमा यस्तो रेकर्ड बनाउन पाउँदा हामी गर्व गर्छौं।’

एलेक्जेंडर भन्छन ,” जब भिक्टोरिया मेकअप गर्न बस्थिन्। म पनि छेउमा बस्नुपर्ने हुँदा समस्या हुन्थ्यो। मलाई बिहान-बिहानै घन्टौँसम्म ऐनाको अगाडि बस्न मन पर्दैन। मलाई खाना पकाउँदा वा फोनमा कुरा गर्दा आवाजले समस्या हुन्थ्यो। हामी झगडा अगाडी नबढाउन कोसिस गर्थौ। एक अर्काबाट ध्यान हटाउनका लागि हामी भीडमा आराम गर्थ्यौं। हामी किनमेल गर्न जाँदा खुशी हुन्थ्यौँ। तर हामी घर फर्कने बेला अत्यन्तै दुःखी हुन्थ्यौ। धेरैपटक हामी हतकडी का-टेर स्वतन्त्र हुन चाहेका थियौँ। तर समय बित्दै गएपछि शान्त रह्यौँ। ‘

हतकडीमा हुँदा पनि एलेक्जेंडरले आफ्नो काम जारी राखे। उनले कार र त्यसको पार्ट्स बेच्ने काम गर्थे र त्यस समय भिक्टोरिया पनि सँगै हुन्थिन्। हतकडीबाट मुक्त भएपछि यी दुई दम्पति युक्रेनको छुट्टाछुट्टै सहरमा बस्ने छन्। यस समय भिक्टोरियाले आफ्नो काम छोड्नु परेको थियो। भिक्टोरिया नक्कली परेला बनाउने काम गर्थिन्। तर उनको म्यानेजरले उनलाई काम गर्न मनाही गरे किनकी उनी चाहदैन थिए कि काम गर्ने समयमा उनको ब्वायफ्रेन्डसँगै होस्।

यसबाहेक यी दुईलाई ट्वाईलेट जाँदा पनि समस्या भएको थियो। भिक्टोरिया एलेक्जेंडरलाई लेडीज ट्वाईलेटमा लिएर जान्थिन्। साथै हतकडीको कारण नाडी दुख्न र पोल्न पनि थालेको थियो। साथै बाधिएको हतकडी युक्रेन रेकर्ड्स भिटाली जोरिनको प्रमुखको रेखदेखमा का-टिएको थियो।


