बार्सिलोनाका लेजेण्ड स्ट्राइकरले जब मेस्सीलाई भगवान भने …

एजेन्सी – बार्सिलोनाका लेजेण्ड पूर्व स्टार स्ट्राइकर स्यामुएल इटोले बार्सिलोना कप्तान लियोनेल मेस्सीलाई भगवानको संज्ञा दिएका छन्। फिफा वर्ल्डकप २०२२ का सद्भावना दूतको रुपमा रहेका इटोले मेस्सीलाई फुटबलको भगवानकै संज्ञा दिएका हुन्।

मेस्सीले विभिन्न अवसरमा इटोका कारण आफ्नो खेल शैलीलाई धेरै सहयोग बताउने गरेपनि त्यस्तो नरहेको इटोले बताए। इटोका अनुसार उनले मेस्सीलाई सिकाएको नभई मेस्सीले उनलाई सिकाएका हुन्।

“उनले सञ्चार माध्यममा शुरुवाती दिनमा मैले सिकाएको भनेर बताएको होलान्। तर उनले हामीलाई जति दिए, त्यो हामीले उनलाई दिएको भन्दा धेरै छ।”,इटोले भने,”मैले उनलाई कसरी खेल्ने सिकाउन सक्दिन, किनकि उनी भगवान हुन्।”

मेस्सीका कारण खेल धेरै नै सहज हुने पनि इटोले बताए। मेस्सी एक पूर्ण खेलाडी रहेको इटोको भनाई छ। उनले भने,”मेस्सीसँग खेल्दा तपाइँको लागि खेल सजिलो हुन्छ, म उनलाई धेरै धेरै धन्यवाद दिन्छु।”

“मेस्सी इस बार्सिलोना, बार्सिलोना इज मेस्सी”

टोले मेस्सीलाई अन्य क्लबको जर्मीमा कल्पना पनि गर्न नसकिने बताएका हुन्। बार्सिलोना मेस्सीको घर रहेको उल्लेख गर्दै इटोले मेस्सीलाई अन्यत्र देख्न कसैले नचाहने बताए। उनले भने,”म लियोलाई बार्सिलोना बाहेक अर्को जर्सीमा कल्पना पनि गर्न सक्दिन। यो उनको क्लब हो, घर हो, प्रेम हो।”

इटोका अनुसार मेस्सी बार्सिलोना हुन् भने बार्सिलोना मेस्सी हो। मेस्सी र बार्सिलोनाका बीचमा कहिले पनि आर्थिक पक्ष नआउने उनको भनाई छ। मेस्सीका लागि बार्सिलोनाले नयाँ प्रोजेक्ट बनाइरहेको इटोले बताए।

“मलाई लाग्दैन कि मेस्सीको निरन्तरतामा आर्थिक पक्षले प्रभाव पार्छ। मेस्सी बार्सिलोना हुन् र बार्सिलोना मेस्सी हो।”,इटोले भने,”मलाई थाहा छ जोआन लापोर्टा मेस्सीका लागि भरपर्दो र चाखलाग्दो परियोजना तयार पारिरहेका छन्।”

त्यस्तै इटोले सर्जियो अगुएरोको आगमन पश्चात बार्सिलोना थप बलियो भएको पनि बताए। उनका अनुसार मेस्सी बार्सिलोनामै रहेको खण्डमा दुई बीच उच्च समझदारीको फुटबल देख्न पाइने छ। मेस्सी र अगुएरो मिलेर सिजनमा ६० गोल सम्म गर्न सक्ने उनको भनाई छ।

उनले भने,”मेस्सी र अगुएरो मिलेर एक सिजनमा ६० गोल सम्म गर्न सक्छन्। तर, त्यसको लागि दुवै चोट देखि टाढा हुनुपर्छ। यसको कामना म भगवानसँग गर्छु।”

प्रकाशित : आइतबार, असार १३, २०७८१७:३४

बार्सिलोनामा मेस्सीको केहि घण्टा मात्र बाँकी ! होला त सम्झौता थप ?