जुलाईमा ४ ग्रहहरुले आफ्नो राशि परिवर्तन गर्दै , कस्तो रहला प्रभाव ?

जुलाई महिना २०२१ मा चार ग्रहहरुले  आफ्नो राशि परिवर्तन गर्नेछन्। यी चार ग्रहहरुमा बुध, सूर्य, मंगल र शुक्र सामेल छन्। यी मध्ये  बुध ग्रहले यस महिनामा दुई पटक आफ्नो राशि परिवर्तन गर्नेछ। महिनाको सुरूमा पहिला  बुध आफ्नो  स्वराशि मिथुनमा प्रवेश गर्नेछ।  त्यसपछि  यस महिनाको अन्तमा बुध चन्द्रमाको राशि कर्कमा जानेछ। यी चारै ग्रहहरूको राशि परिवर्तनले  सबै राशिमा  शुभ र अशुभ प्रभाव पर्न सक्छ। सूर्य भगवान यस महिना कर्क राशिमा जानेछन् भने शुक्र र मंगल ग्रह सिंह राशिमा प्रवेश गर्नेछन। सूर्य देवको राशि परिवर्तनलाई संक्रान्ति भनेर चिनिन्छ ।  मतलब जुलाई महिनामा कर्क संक्रान्ति  १६ तारिखमा मनाईनेछ। ज्योतिषका अनुसार ग्रहहरूको चालको असर व्यक्तिको जीवनमा पर्छ। थाहा पाउनुहोस् जुलाई २०२१ को महिनामा ग्रहहरूको परिवर्तन र त्यसको  प्रभाव बारे:-

बुधको मिथुन राशिमा  गोचर

मिथुन राशिमा बुधको गोचर जुलाई महिनाको पहिलो ग्रह परिवर्तन हुनेछ। नवग्रहको युवराज बुध देव ७ जुलाई २०२१ बुधबार वृष राशिबाट   आफ्नो स्वराशि मिथुनमा प्रवेश गर्नेछ। यस राशिमा बुधदेव २५ जुलाई आईतबारसम्म रहनेछ । कुनै पनि ग्रह आफ्नो  स्वराशिमा  बलियो स्थितिमा हुन्छ। बुध मिथुन राशिमा गोचर  हुँदा सबै राशिमा  यसको अशुभ-शुभ प्रभाव पर्छ। बुध देव मिथुन र कन्या राशिको  स्वामी हो। बुध ग्रह कन्या राशिमा  राम्रो मानिन्छ भने मीन राशिमा दुर्बल मानिन्छ ।

शुक्रको सिंह राशिमा  गोचर

शुक्र भगवान १७ जुलाईमा कर्क राशिबाट सुर्य भगवानको राशी सिंहमा प्रवेश गर्नेछ। यस राशिमा शुक्र ११ अगस्ट ,२०२१ सम्म रहनेछ। त्यसपछि यो कन्या राशिमा प्रवेश गर्नेछ। शुक्र ग्रह सिंह राशिमा रहँदा राम्रो परिणाम मिल्दैन किनकी सूर्य देव र ग्रह शुक्रबीच शत्रुताको भाव हुन्छ।  शुक्र भगवानलाई संसारको भौतिक सुखको कारक मानिन्छ। यो वृष र तुला राशिको स्वामी हो। शुक्र देवलाई  कन्या राशिमा  दुर्बल मानिन्छ भने मीन राशिमा राम्रो मानिन्छ।

मंगलको  सिंह राशिमा  गोचर


मंगल ग्रह २० जुलाई २०२१ मा सिंह राशिमा परिवर्तन हुनेछ। यस राशिमा मंगल ग्रह ६ सेप्टेम्बर २०२१ सम्म रहन्छ। ज्योतिषशास्त्र अनुसार सबै नौ ग्रहको आफ्नो  स्वभाव र फरक-फरक कारक तत्व हुन्छ।  वैदिक ज्योतिषमा मंगल ग्रहलाई सबै ग्रहको सेनापतिको दर्जा मिलेको छ। यसबाहेक मंगल ग्रहलाई पृथ्वीको छोरा पनि भनिन्छ। जुन व्यक्तिको कुण्डलीमा मंगल ग्रह शुभ भावमा हुन्छ , त्यस्तो मान्छे बुद्धिमान र ऊर्जावान हुन्छ। साथै  मंगल ग्रहलाई मेष र वृश्चिक राशिको स्वामी मानिन्छ । मंगल ग्रहलाई कर्क राशिमा दुर्बल मानिन्छ भने  मकर राशिमा राम्रो मानिन्छ।

बुधको कर्क राशिमा  गोचर

सञ्चार र बोलीको कारक बुध भगवान २५ जुलाई  आईतबार आफ्नो स्वराशि मिथुनको यात्राको अन्त्य गरेर चन्द्रमाको राशि कर्कमा प्रवेश गर्नेछ। त्यसपछि ९ अगस्टमा सिंह राशिमा प्रवेश गर्नेछ। बुधको  राशि परिवर्तनको प्रभाव युवा, शिक्षा र व्यापारको  क्षेत्रमा सर्वाधिक पर्छ । बुध  चन्द्रमालाई आफ्नो  शत्रु मान्छन् भने चन्द्रमा बुधलाई आफ्नो मित्र मान्छन्। तब यी दुईको विरोधाभासी प्रभावहरू देखिरहन्छौ। बुध मिथुन र कन्या राशिको स्वामी हो। मीनमा यसलाई कम राशिगत र कन्या राशिमा उच्च राशिगत भनिन्छ।

सूर्यको  कर्क राशिमा गोचर


सूर्य भगवान १६ जुलाई २०२१ मा मिथुन राशिबाट कर्क राशिम  प्रवेश गर्नेछ। यस राशिमा सूर्य देव ११७ अगस्ट २०२१ सम्म रहनेछ। त्यसपछि यो आफ्नो राशि सिंह राशिमा  प्रवेश गर्नेछ। ज्योतिष विज्ञान अनुसार, सूर्य भगवान संसारको प्राण हुन्। यो सबै ग्रहको राजा हो। यसलाई सिंह राशि स्वामी मान्छन्।  मेष राशिमा यो उच्च भावमा हुन्छ भने तुला राशिमा कम भावमा हुन्छ। उच्च भावमा  ग्रह अधिक बलियो हुन्छ भने कम भावको राशिमा यो कमजोर हुन्छ।

प्रकाशित : सोमबार, असार १४, २०७८२१:२०

जुलाई महिनाको पहिलो राशि परिवर्तन, ४ राशिको चम्कनेछ भाग्य !