काठमाडौँ, असार १४ । हाल उपत्यकाभित्र भैरहेको लकडाउनलाई जारी राखेर सार्वजनिक यातायातका साधन संचालन गर्न दिने या नदिनेबारे तयारी भैरहेको छ। आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू बैठक बसेर यसबारे छलफल गरेर निर्णय गरिने भएको छ।

सरकारले असार १७ गतेदेखि आन्तरिक हवाइ उडान खोल्ने निर्णय गरेपछि यातायात व्यवसायीहरूले सार्वजनिक यातायात पनि सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । उपत्यकामा कोरोना संक्रमित घटेपनि जोखिम नघटेपछि लकडाउन भने जारि नै रहनेछ। तर अहिले भन्दा थप खुकुलो हुने गरी प्रजिअहरूले आदेश जारी गर्ने तयारी गरेका छन्।

सार्वजनिक यातायात संचालन गर्दा संक्रमणको जोखिम बढ्ने भएकोले स्वास्थ्य मापदण्ड कडाइका साथ कसरी लागु गर्न सकिन्छ भन्नेबारे पनि छलफल गरेर आज बेलुका नै निर्णय गरिने बताइएको छ। तर यसबारे निर्णय लिन भने कठिनाइ भइरहेको बताइएको छ। लकडाउनमा थप के-के खुल्न दिने र चल्न दिने भन्ने आदेश आज बेलुकीसम्म जारी हुनेछ।

