काठमाडौँ, असार १४ । उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको थियो, जुन अझै जारि नै छ। पछिल्लो समय केही खुकुलो बनाएर जारी गरिएको लकडाउन काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ।
भोलि अर्थात् असार १५ गतेदेखि उपत्यकामा जोर बिजोरका आधारमा २५ सिटभन्दा बढीका सार्वजनिक यातायात चल्न पाउने निर्णय गरिएको हो। तर अन्य साना सार्वजनिक यातायात चल्न दिने या नदिनेबारे कुनै निर्णय भएको छैन। त्यस्तै यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएपनि भोलिबाट भने साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ।
सबै प्रकारका सभा, सम्मलेन, तालिम, सेमिनार, गोष्टि, सिनेमा हाल, पार्टी प्यालेस, दोहोरि, नाचघर, स्विमिङ्ग पुल, जिमखाना ब्युटीपार्लर, सैलुनलगायत मानिसहरुको भिड हुने अन्य कार्यक्रम भने गर्न पाइने छैन।


