बार्सिलोनामा मेस्सीको केहि घण्टा मात्र बाँकी ! होला त सम्झौता थप ?

एजेन्सी – जून महिना सकिएर जुलाई लाग्न केहि दिन मात्र बाँकी छ। घण्टामा हिसाब गर्ने हो भने जुलाई लाग्न ७२ घण्टा पनि छैन। बाँकी रहेको जून महिनाको बाँकी समय बार्सिलोनाका लागि धेरै नै महत्वपूर्ण रहनेछ। महात्वपूर्ण यो अर्थमा कि बाँकी रहेको केहि घण्टामा लियोनेल मेस्सीको टुंगो लाग्नेछ।

विगत १६ वर्ष देखि बार्सिलोनामा रहेका मेस्सीको सम्झौता जून ३० मा सकिँदैछ। सम्झौता सकिँदा केहि घण्टा मात्र बाँकी रहेको अवस्थामा पनि उनले बार्सिलोनामा रहने नरहने निर्णय गरिसकेका छैनन्।

मेस्सी सन् २००५ को जुलाई ५ मा बार्सिलोनासंग अनुबन्धित भएका थिए। पछिल्लो पटक मेस्सीले सन् २०१७ नोभेम्बरमा यहि जून ३० सम्मका लागि सम्झौता गरेका थिए। गत सिजनमा मेस्सीले बार्सिलोना छाड्ने घोषणा गरेपनि विभिन्न कारणले गर्दा मेस्सी बार्सिलोनामै अडिएका थिए।

क्लबमा नयाँ अध्यक्ष नियुक्त पश्चात मेस्सी बार्सिलोनामै रहने आशा

क्लबको नयाँ अध्यक्षमा जोआन लापोर्टा नियुक्त भएपश्चात मेस्सी क्लबमै रहने सम्भावना बढेको बताइन्छ। मेस्सीलाई क्लबमा अड्याउन लापोर्टा हरसम्भव प्रयास गरिरहेका छन्।

लापोर्टाले सार्वजनिक रुपमै मेस्सीलाई क्लबमा अड्याउन सकेको जे पनि गर्ने बताइसकेका छन्। बार्सिलोनालाई मजबुत बनाउन तथा ठूला प्रतियोगिताको दाबेदारजी रुपमा उभ्याउन क्लबमा विभिन्न परिवर्तन गर्ने छनक उनले देखाइसकेका छन्।

मेस्सीको बार्सिलोनामा सम्झौता थपको घोषणा गर्ने योजना असफल

बार्सिलोनाका अध्यक्ष लापोर्टा मेस्सीको जन्म दिनको दिन मेस्सीको क्लबमै रहने घोषणा गर्न चाहन्थे । तर, त्यसो हुन सकेन। ३० मा मेस्सीको सम्झौता सकिनुअघि सम्झौता थप गर्नेमा मेस्सी राजी हुने उनले विश्वास लिएका छन्। लापोर्टाले व्यक्तिगत रुपमा पनि मेस्सीका एजेन्ट समेत रहेका उनका पिता जोर्गे मेस्सीसँग पटक-पटक छलफल पनि गरिसकेका छन्।

प्रकाशित : सोमबार, असार १४, २०७८१९:११

रोनाल्डोका हरेक प्रहार विफल बनाएका कोर्टुवालाई रोनाल्डोले के भने ? भिडियो भयो भाइरल ? [भिडियो सहित]