रोनाल्डोका हरेक प्रहार विफल बनाएका कोर्टुवालाई रोनाल्डोले के भने ? भिडियो भयो भाइरल ? [भिडियो सहित]

एजेन्सी – साविक विजेता पोर्चुगल गए राति बेल्जियमसँग पराजित हुँदै युरोपेली च्याम्पियनसिप २०२० बाट बिदा भयो । पोर्चुगलका कुनै पनि खेलाडीले गोल गर्न नसक्दा बेल्जियम १-० को गोल अन्तरले विजयी भयो।

पहिलो हाफमा थोर्गन हाजार्डले गरेको गोल नै निर्णय बन्यो। पोर्चुगलको तर्फबाट भएका सम्पूर्ण आक्रमण गोलरक्षक थिबाउट कोर्टुवाले विफल बनाए। पहिलो हाफमा पछि परेको पोर्चुगलले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्यो। पोर्चुगलका खेलाडीहरुले बेल्जियमको गोल पोस्टमा कयौं प्रहार गरे, तर ती सम्पूर्ण प्रहार कोर्टुवाले रोके।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि जादू देखाउन सकेनन्। टिम पछि परेको अवस्थामा समेत खेल उल्ट्याउने क्षमता भएका उनी आइतबार राति असफल भए।

खेल पश्चात कोर्टुवा र रोनाल्डो बीच केहि शब्द आदान-प्रदान भए। सामाजिक संजालमा अहिले रोनाल्डोले कोर्टुवालाई शुभकामना दिनु अगाडी भनेका शब्दहरु भैरहेका छन्।

के भनेका थिए?

रोनाल्डोले कोर्टुवालाई बेल्जियम भाग्यले विजयी भएको बताएका थिए। बल पोस्ट भित्र जान मान्दै नमानेको रोनाल्डोको भनाई थियो। रोनाल्डोले भनेका थिए,”तिमी भाग्यमानी थियौ, भाग्यले तिमीहरुलाई साथ दियो। बल पोस्ट भित्र जान मान्दै-मानेन। गुड लक!”

रोनाल्डोले त्यसो भनेपछि कोर्टुवाले पनि जवाफ फर्काएका थिए। यधपी उनले रोनाल्डोलाई के भनेका थिए भन्ने बारे भने स्पष्ट हुन सकेको छैन। सामाजिक संजालमा अहिले उक्त भिडियो क्लिप भाइरल नै भैरहेको छ।

प्रकाशित : सोमबार, असार १४, २०७८२१:००

अर्जेन्टिनाको शानदार जित, मेस्सीको दुई गोल !