आज असार १५ गते, घट्यो सुनचाँदीको मुल्य!

काठमाडौँ, असार १५ । हप्ताको पहिलो दिन नै बढेको सुनको मूल्य सोमबार भने स्थिर रहेको थियो तर आज सुनको मुल्य घटेको छ । सोमबार स्थिर रहेको सुनको मुल्य आज भने बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाले बढेको  छ । आज  छापावाला सुनको मूल्य ९० हजार ६  सय रुपैयाँमा नै  कायम भएको छ। आइतबार छापावाला सुनको मूल्य तोला ९० हजार ७  सय रुपैयाँ थियो।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाले घटेको छ । आज नेपाली बजारमा तेजाबी सुनको मूल्य  ९० हजार १  सय रुपैंयाँमा कारोबार भैरहेको छ।

गत हप्ता सुनको मूल्य

गत हप्ता सुनको मूल्यमा धेरै नै उतारचढाव भयो। छापावाला सुन गत हप्ता ९० हजार देखि ९१ हजार रुपैयाँ सम्ममा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन भने ८९ हजार ५ सय ५० देखि ९० हजार ५ सय रुपैयाँ सम्ममा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य ५ रुपैयाले घटेर १३ सय रुपैयाँमा  कायम भएको छ।

प्रकाशित : मङ्गलबार, असार १५, २०७८१२:२७

मनकामना स्मार्ट लघुवित्तको आईपीओ भोलिदेखि खुल्दै, सर्वसाधारणको भागमा कति ?