स्वास्थ्यमा किम्बुको अनेक फाइदा ! के-के ?

हामी सबैले किम्बु त खाएका नै छौँ। यो निकै स्वादिष्ट हुन्छ। यसको वैज्ञानिक नाम मोरस अल्बा हो। किम्बु फल रातो ,कालो र निलो रङमा पाईन्छ।  तर कालो किम्बुको स्वाद सबैभन्दा मिठो हुन्छ। यो पोषक तत्वले भरपुर हुन्छ जुन हाम्रो शरीरको लागि फाईदाजनक हुन्छ।

किम्बु भिटामिन-(सी, के), आईरन, क्याल्शियम, पोट्याशियम,फस्फोरसले भरिपूर्ण हुन्छ। साथै यसमा फाइबर र एन्टी-अक्सीडेन्ट पनि पाईन्छ । किम्बु खाँदा स्वादिष्ट मात्र नभई यसले  स्वास्थ्यमा लाभ पनि मिल्छ । थाहा पाउनुहोस् यसको फाईदाको बारेमा :-

पाचन  सुधार

फाइबर हुन्छ जसले पाचन स्वास्थ्य सुधार गर्न मद्दत गर्छ।  नियमित रुपमा यसको सेवनले कब्जियत र ऐंठनको समस्या  पनि कम हुन्छ। यस बाहेक किम्बुमा पाईने गुणहरूले शरीरमा रातो रक्त कोशिका उत्पादन गर्न मादत्त गर्छ।

रक्तचाप नियन्त्रण

किम्बुको नियमित सेवनले रक्तचाप नियन्त्रण गर्न मदत्त गर्छ । यसमा पाईने गुणहरूले रक्त नलीलाई आराम पुर्याउछ र रगतको थक्का, स्ट्रोक वा हृदयघात जस्ता रोगको सम्भावना कम गर्छ।

इम्यूनिटी


किम्बुमा भिटामिन-सी भरपूर मात्रामा पाईन्छ जुनलाई  कुनै पनि रोग वा बाहिरी तत्व विरुद्द शक्तिशाली रक्षात्मक हतियार मानिन्छ।  नियमित रूपमा यसको सेवनले इम्यूनिटी मतलब रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउँछ।

हड्डीको लागि फाईदाजनक

किम्बुमा भिटामिन-के, क्याल्शियमका साथै फस्फोरस र म्याग्नीशियम जस्ता तत्वहरू हुन्छन् जुनले हड्डीको टिश्यु निर्माण गर्छ। यसले हड्डीलाई बलियो बनाउँछ र हड्डी सम्बन्धी विकारलाई रोक्न मदत्त गर्छ।

स्वस्थ र बलियो कपाल

किम्बुमा पाईने गुणले कपाललाई स्वस्थ बनाउन मदत्त गर्छ। यसले कपालको विकासलाई बढावा दिन्छ र कपाल झर्न रोक्छ। यसबाहेक किम्बुलाई  छालाको लागि पनि लाभदायक मानिन्छ।  यसले कालो दाग-धब्बाहरू कम गर्छ ।

प्रकाशित : मङ्गलबार, असार १५, २०७८२१:२०

मात्र २ वटा ल्वाङले गर्छ पुरुषहरुमा देखिने यति धेरै समस्याको समाधान, यसरी गर्नुहोस प्रयोग!