आज असार १६ गते बुधबार , कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सामाजिक प्रसंगमा आफन्त र साथीसँग समय आनन्दपूर्वक बिताउनु हुनेछ। साथीको लागि खर्च हुनेछ। सरकारी कार्यमा सफलता मिल्नेछ। घरायसी जीवनमा संवाद हुनेछ। अचानक धन लाभ होला। कुनै ठाउँमा भ्रमणमा जानुहुन्छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

नयाँ कार्य आयोजन गर्नको लागि अनुकूल दिन छ। तपाईले  काम र व्यवसायमा  लाभदायक परिणाम प्राप्त गर्नुहुन्छ। व्यापारमा नयाँ दिशा खुलेको प्रतीत हुनेछ। सरकार द्वारा लाभको  समाचार मिल्नेछ। मानप्रतिष्ठा  वृद्धि होला। घरायसी जीवनमा मधुरता रहनेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

प्रतिकुल संयोगले तपाईको कार्यमा ढिलाई होला। शरीरमा उर्जा र मनमा  उत्साहको अभाव रहनेछ। पेसामा उच्च पदाधिकारीको नकारात्मक व्यवहार भोग्नु पर्नेछ।  महत्त्वपूर्ण काम वा निर्णय स्थगित राख्नुहोला। सन्तानसँग मतभेद हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मनको नकारात्मक व्यवहारले निराश रहनुहुनेछ। बाहिरको खानपिनको  कारण स्वास्थ्य खराब होला। पारिवारिक सदस्यसँग झगडा हुन सक्ला। नयाँ सम्बन्धले पीडादायी साबित हुनेछ। पैसाको कमी भएको अनुभव गर्नुहुन्छ।  ईश्वरभक्तिबाट राहत महसुस गर्न सक्नुहुन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

श्रीमान-श्रीमती बीच सामान्य कारण मनमुटाव होला। जीवनसाथीको  स्वास्थ्यको बारेमा चिन्ता रहनेछ। सांसारिक विषयको बारेमा  उदास  रहनुहुन्छ। सार्वजनिक जीवनमा असफलता वा आत्म-सम्मान भंग नहोस् यस कुराको ध्यान राख्नुहोला। विपरीत लिंगीय व्यक्तिसँग भेट  हुँदा आनन्ददायक रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक तथा मानसिक स्वास्थ्य बनिरहनेछ। घरमा  सुख-शान्तिको माहोल रहनाले  प्रसन्न अनुभव हुनेछ। आर्थिक लाभ र काममा  सफलता  मिल्नेछ। पेसामा लाभ मिल्नेछ। भगवानको आशीर्वादले प्रतिस्पर्धामा  विजय प्राप्त गर्न सक्नुहुन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

कल्पना र सिर्जनशक्तिको उत्तम उपयोग गर्न सक्नुहुनेछ। सन्तानको प्रगति हुनेछ। प्रिय व्यक्तिसँग भेट रोमाञ्चक रहनेछ। तन – मनबाट ताजगी र उर्जामय अनुभव गर्नुहुन्छ। अत्यधिक विचारबाट मन विचलित बन्नेछ। कसैसँग बौद्धिक चर्चा वा वाद- विवादमा भाग लिने अवसर आउनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक र मानसिक रूपले डर महसुस गर्नुहुनेछ। कुनै पनि कुराको चिन्ताले सताउनेछ। पारिवारिक  सदस्यसँग तथा आफन्तसँग झगडा होला। आमाको स्वास्थ्य खराब होला। जग्गा र सवारीको कागजातमा ध्यानपुर्वक बनाउनुहोस्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

रहस्यमय विद्या र अध्यात्म तर्फ विशेष आकर्षण रहनेछ।  नयाँ कामको सुरुवातको लागि शुभ समय छ। मित्र र आफन्तको आगमनबाट घरमा  प्रसन्नता रहनेछ। हातमा लिएको  कार्य सफलतापूर्वक पुरा हुनेछ। धन लाभको योग छ। मान- प्रतिष्ठा  वृद्धि हुनेछ। प्रिय व्यक्तिसँग भेट होला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

बोली र व्यवहारमा ध्यान राख्नुहोला। परिवारसँग मनमुटाव नहोस् यस कुराको ध्यान राख्नुहोला। आर्थिक लाभ होला। स्वास्थ्य सम्बन्धि केहि  गुनासो रहनेछ। आँखामा समस्या होला। नकारात्मक वृत्तिबाट टाढा रहँदा लाभ होला। विधार्थीको पढाईमा अधिक ध्यान राख्नुपर्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक वा मानसिक रूपले दिन प्रफुल्लित रहनेछ। आफन्त ,साथी र पारिवारिक सदस्यसँग घरमा उत्सवको वातावरण रहनेछ।  सुरुचिपूर्ण र मिष्टान्नको आनन्द लिनुहुनेछ। घुमफिर र  पर्यटनको कार्यक्रम आयोजित  हुनेछ। आर्थिक दृष्टिबाट  लाभदायक दिन छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आर्थिक आयोजन र लगानी गर्दा ध्यान राख्नुहोला। एकाग्रता कम र बेचैनी अनुभव गर्नुहुनेछ। धार्मिक कार्यमा खर्च होला। मित्र तथा आफन्तसँग  मतभेद खडा हुनेछ। लालच वृद्दि हुन् सक्ला। अदालती मामिलामा नपर्नुहोला।

प्रकाशित : मङ्गलबार, असार १५, २०७८१९:२४

भोलि असार १७ गते बिहिबार , कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !