लगातार घट्दै सुनको मूल्य, आज १० दिन यताकै सस्तो !

काठमाडौँ – मंगलबार सामान्य रुपले घटेको सुनको मूल्य बुधबार पनि बढेको छ। गएको केहि दिन देखि सामान्य घटबढ भएको सुनको मूल्य बुधबार पनि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ६ सय रुपैंयाँले नै घटेको हो। आज तेजाबी सुन ८९ हजार ५ सय रुपैंयाँमा कारोबार भैरहेको छ।

सुन १० दिन यताकै सस्तो

बुधबार कायम भएको सुनको मूल्य १० दिन यताकै कम रहेको छ। आज सुन असार ६ गते यताकै कम हो। त्यसदिन पनि छापावाला सुन ९० हजार रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तुलामा रु १० ले घटेर १२ सय ९० रुपैंयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : बुधबार, असार १६, २०७८११:४०

प्रतिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाइ शुरु!