यी अभिनेत्रीको डेब्यू फिल्ममा अरुले दिएका थिए आवाज, कारण छ रोचक !

हिन्दी सिनेमामा थुप्रै अभिनेत्रीहरू छन् जसले आफ्नो करियरको सुरुवातको समयमा भाषा र उच्चारण समस्याको सामना गर्नुपर्‍यो। यस्तो अवस्थामा फिल्मका निर्माता निर्देशकले अर्को कलाकार वा अन्य अभिनेत्रीहरूको सहयोग लिन्छन्। थुप्रै अभिनेत्रीले सुरुवातमा अरुको आवाजमा डेब्यु गरेर र पछि आफ्नो आवाजले दर्शकको मन जिते। थाहा पाउनुहोस् ति अभिनेत्रीको बारे जसले डेब्युको समयमा अरु अभिनेत्रीको मदत्त लिए।

श्रीदेवी

श्रीदेवीले चार बर्षको उमेरमा नै फिल्ममा काम गर्न शुरू गरेकी थिइन्। उनले १९६७ मा तमिल फिल्म ‘मुरुगा’ मा बाल अभिनेत्रीको रूपमा करियरको शुरुआत गरेकी थिइन् । बलिउडमा उनले १९७९ मा फिल्म ‘सोल्वा सावन’ बाट अभिनय सुरु गरेकी थिइन्।  यद्यपि उनको पहिलो फिल्म बक्स अफिसमा हिट भएन। श्रीदेवीले बलिउडमा डेब्यू गर्दा उनलाई हिन्दीमा कुरा गर्न सजिलो भएको थिएन। त्यसैले हिन्दी फिल्ममा उनको आवाज डब गारिन्थ्यो। फिल्म ‘आखिरी रास्ता’ मा श्रीदेवीको  आवाज अभिनेत्री रेखाले  डब अग्रेकी थिइन्।

प्रीति जिंटा

प्रीति जिंटालाई बलिउडका धेरै राम्रा फिल्मको लागि चिनिन्छ। प्रीति जिंटाले पहिलो फिल्ममा अविवाहित किशोरी गर्भवतीको भूमिका निभाएकी थिइन्। यो फिल्म क्या कहना’ थियो। उनले मुख्य भूमिकामा फिल्म ‘सोल्जर ‘ बाट डेब्यु गरेकी थिइन्। यसमा बबी देओल पनि थिए। प्रीतिको फिल्ममा कुनै मौलिक आवाज थिएन। उनको  आवाज डब गरिएको थियो।

ज्याकलीन फर्नांडिस

२००६ मा  मिस श्रीलंका यूनिवर्स   रहिसकेकी अभिनेत्री ज्याकलीन फर्नांडिस एक श्रीलंकाकी अभिनेत्री वा मोडल हुन्। ज्याकलीन फर्नांडिसले २००९ मा  रिलीज भएको ‘अलादीन’ फिल्मबाटबलिउडमा देब्यु गरेकी थिइन्। फिल्ममा उनको मौलिक आअवाज थिएन र डब गरिएको थियो।  मर्डर २  र हाउसफुल २ मा ज्याकलीनले आफ्नै आवाजमा फिल्ममा काममा गरेकी थिइन्।

बिपाशा बसु

अभिनेत्री बिपाशा बसु आफ्नो  करियरको सुरुवात अब्बास मस्तानको  क्राइम थ्रिलर फिल्म ‘अजनबी’ बाट गरेकी थिइन्।  यस फिल्ममा  बिपाशासँग अक्षय कुमार, बबी देओल र करीना कपूर मुख्य भूमिकामा थिए। फिल्ममा बिपाशाले नकारात्मक भूमिका निभाएकी थिइन्।  यस फिल्ममा राम्रो अभिनयक लागि उनले बेस्ट फीमेल डेब्यूको फिल्मफेयर पुरस्कार प्राप्त गरेकी थिइन्। तर ‘अजनबी’ फिल्ममा उनको आवाज डब गरिएको थियो।  ‘अजनबी’ बाहेक बिपाशाको आवाज राज र जिस्म  जस्ता चर्चित फिल्ममा पनि डब गरिएको थियो।

नरगिस फाखरी
नर्गिस फाखरी २०११ मा फिल्म ‘रकस्टार’ बाट बलिउडमा प्रवेश गरेकी हुन्। इम्तियात अलीको म्यूजिकल रोमान्टिक फिल्ममा नर्गिसले हीर कौल नामको केटाको भूमिका खेलेकी थिइन्। फिल्ममा नरगिसको अवाज डब गरीएको थियो।  ‘

रानी मुखर्जी
यस लिस्टमा रानी मुखर्जीको नाम पनि छ।  वास्तवमा रानीको आवाज अलि फरक थियो।  त्यसैले फिल्म निर्माताले उनको मूल आवाजको सट्टा डब गर्ने निर्णय गरे।  उनले १९९७ मा फिल्म ‘राजा की आएगी बरात’ बाट बलिउडमा प्रवेश गरेकी थिइन्। यस पछि १९९८  मा फिल्म गुलामबाट भने उनले चर्चा पाएकी थिइन्ले। यस फिल्ममा पनि  रानीको आवाज डब गरिएको थियो किनभने फिल्मका निर्माता वा आमिरलाई रानीको आवाजमा विश्वास थियो। यद्यपि आवाज दिने कलाकारको आवाज रानीलाई मन परेको थिएन।

कट्रिना कैफ

कट्रिना कैफ अहिले चर्चित अभिनेत्री हुन् । तर उनी अहिले पनि हिन्दी भाषा राम्रोसँग बोल्न सक्दिनन्।  करियरको सुरुवातमा उनको आवाज शुद्द हिन्दी नभएको कारण डब गरिएको थियो। सलमान खानको फिल्म ‘मैने प्यार क्यूं क्या’ मा उनले बलिउडमा डेब्यु गरेकी थिइन्। यसबाहेक फिल्म ‘सरकार’ र ‘हमको दीवाना कर गय’ मा पनि उनको आवाज डब गरिएको थियो।

दीपिका पादुकोण

शाहरुख खानको अपोजिट फिल्म ‘ओम शान्ति ओम’ बाट बलिउडमा डेब्यू गर्ने अभिनेत्री दीपिका पादुकोणको आवाज डब गरिएको थियो। यस फिल्मममा  दीपिकाको आवाज राम्रो बनाउनको लागि थुप्रै डब आर्टिस्टको मदत्त लिनु परेको थियो।

प्रकाशित : बुधबार, असार १६, २०७८२०:३९

अक्षय कुमारलाई राखी बाध्न चाहन्थिन् कट्रिना, तर पाएकी थिइन् यस्तो जवाफ !