इंग्ल्याण्ड फाइनल सम्मै पुग्ने मउरिन्होको ठोकुवा !

एजेन्सी – चर्चित फुटबल प्रशिक्षक जोसे मउरिन्होले इंग्ल्याण्ड युरोपेली च्याम्पियनसिप २०२० को फानल सम्मै पुग्ने दावी गरेका छन्। जर्मनीलाई पाखा लगाउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको अवस्थामा मउरिन्होले इंग्ल्याण्ड फानल सम्मै पुग्ने दावी गरे।

मउरिन्होका अनुसार इंग्ल्याण्ड प्रतियोगिताका बाँकी खेलमा पराजित हुने अवस्था देखिँदैन। सबै फुटबल टोलीलाई सम्मान गर्ने उल्लेख गर्दै उनले इंग्ल्याण्ड प्रतिष्पर्धी टोलीहरुसंग पराजित नहुने बताए।

“सामान्य अवस्थामा इंग्ल्याण्डफाइनल सम्मै पुग्ने देखिन्छ। किनकि, अर्को राउन्डमा सामना गर्ने टिमसंग उनीहरु हार्छन् जस्तो मलाई लाग्दैन। तर, यसो भनिरहँदा हामीले फुटबलको सम्मान गर्न र अप्रत्याशिततालाई हेक्का राख्न भुल्नु हुँदैन।”,एक मिडियासंग कुराकानी गर्नेक्रममा मउरिन्होले भने,”खेलमा जे पनि हुन सक्छ। फ्रान्स क्वार्टर फाइनलमा छैनन् किनकि उनीहरूले अन्तिम १० मिनेटमा खेललाई आदर गरेनन्।”

मउरिन्होले इंग्ल्याण्डको सफलतामा खुशी पनि व्यक्त गरेका छन्। इंग्ल्याण्ड जस्तो सुकै चुनौतीको सामना गर्न तयार रहेको उनले भनाई छ। इंग्ल्याण्ड फाइनल पुग्न नसके त्यसले आफूलाई धेरै निराश बनाउने मउरिन्होले बताए। उनले भने,”मेरो विचारमा इंग्ल्याण्ड हरेक चुनौतीका लागि तयार छ। यदि उनीहरु फाइनल सम्म पुग्न सकेनन् भने म धेरै निराश हुनेछु।

मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले घरेलु मैदान वेम्बलीमा जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा स्थान पक्का गर्यो। पहिलो हाफमा कुनै गोल गर्न नसकेपनि दोस्रो हाफमा रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरे।

इंग्ल्याण्डले क्वाटरफाइनलमा युक्रेनको सामना गर्नेछ। युक्रेन र इंग्ल्याण्ड बीचको खेल शनिबार ३ जुलाईमा हुनेछ। रोममा हुने खेल रातको १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। राउन्ड अफ १६ को अन्तिम खेलमा युक्रेनले स्वीडेनलाई पराजित गर्दै पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको हो।

प्रकाशित : बुधबार, असार १६, २०७८१९:०७

कुशल र ज्ञानेन्द्रको बरियतामा सुधार