बलिउड अभिनेता अर्जुन कपूरले हालै महँगो कार किनेका छन् । साथै उनले बान्द्रामा प्रेमिका मलाइका अरोडाको घर नजिक जग्गा पनि किनेका छन्। उनको सम्पत्तिको मुल्य २०-३० करोड बताईएको छ । टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार अर्जुन कपूरले बान्द्रास्थित एक सी-फेसिंग घर किनेका छन्।
यो घर मलाइकाको घर नजिकै रहेको छ। अर्जुनको यो घर नजिक मलाइका मात्र नभई शाहरुख खान, सलमान खान, रणबीर कपूर र करिना कपूर सहित थुप्रै कलाकार बस्छन्।
हालै अर्जुनले ल्याण्ड रोभर डिफेन्डर आफैका लागि किनेका थिए। उनी आफ्नो नयाँ गाडीमा सवारी लिदै गरेको भेटिएका थिए। उनको गाडीको लागत १ करोड रहेको छ। गाडीसँग उनको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
अर्जुनको फिल्मको कुरा गर्ने हो भने हालै अभिनेताको फिल्म ‘संदीप और पिंकी फरार’ रिलीज भएको छ । यो फिल्म ओटीटी प्लेटफर्ममा रिलीज भएको हो। फिल्ममा अर्जुनको अभिनयलाई निकै मनपराइएको थियो। ‘संदीप और पिंकी फरार’ बाहेक उनले फिल्म ‘सरदारका ग्रैंडसन’ मा पनि काम गरेका छन्। ‘संदीप और पिंकी फरार’ मा अर्जुनको कास्टिंग परिणीति चोपडासँग भएको थियो भने ‘सरदार का ग्रैंडसन’ मा उनको जोडी रकुल प्रीत थिए।