पटक-पटक शीतल निवास धाउन थाले प्रधानमन्त्री, आज पनि पुगे!

असार, १७ । प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार शीतल निवास पुगेका छन् । शीतल निवास स्रोतका अनुसार  नेकपा (एमाले) स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्रि ओली विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुगेका हुन्।

ओलीले शीतल निवास पुगेर ओलीले राजनीतिक र समसामयिक विषयमा छलफल गरेका छन्। ओलीले पटक-पटक प्रतिनिधिसभा विघटन गर्दै आएपछि अहिलले  एमाले विभाजित बनेको छ । पछिल्लो समय प्रधानमन्त्री ओली राजनीतिक घटनाक्रमका विषयमा सुझाव लिन पटक-पटक  राष्ट्रपति भण्डारी कहाँ पुग्ने गर्छन। गत मंगलबार मात्रै ओली शीतल निवास पुगेका थिए।

राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने आधार उचित लागेन:
वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क गर्नुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस गर्ने क्रममा उहाँले पार्टीभित्रको सदस्य भएपछि आफ्नो पार्टीको निर्णयविपरीत गएर सांसद गणना गर्न नमिल्ने तर्क गर्नुभएको हो ।

“दलको सदस्य भएपछि त्यो दलको निर्णय मान्नुपर्छ”, वरिष्ठ अधिवक्ता महतोले भन्नुभयो, “आधार पनि कानूनसम्मत चाहिन्छ, एउटा टिमको खेलाडी मेरो टिममा ल्याएको छु, मान्यता देउ भन्दा राष्ट्रपतिलाई आधार लागेन ।”

वरिष्ठ अधिवक्ता महतोको उक्त तर्कमाथि प्रधानन्यायाधीश राणाले बहुमत सांसदले सही गरेर दिएपछि प्रधानमन्त्री बन्नका लागि अर्को आधार चाहिन्छ र? भन्ने प्रश्नमा वरिष्ठ अधिवक्ता महतोले एउटा दलको सांसद अर्को दलमा गएर सांसदको संख्या बन्न नमिल्ने तर्क गनुभएको थियो ।

बहुदलीय शासन प्रणाली भनेको दलको शासन भएको तर्क गर्दै उहाँले दलभन्दा बाहिर गएर सरकार गठन गर्ने भनेर संविधानमा कतै पनि व्याख्या नगरिएको बताउनुभयो । “दलमा बसेर दलको निर्णय मान्नु पर्दछ, संसदभित्र दलको भूमिका हुन्छ, संसदीय मामिलामा दलको मातहतमा नै सांसद हुन्, त्यो भन्दा बाहिर जान सक्दैनन्”, वरिष्ठ अधिवक्ता महतोले भन्नुभयो, “एमालेका संसदीय दलका नेता ओलीले मुलुक हाँकिरहेका छन्, उहाँलाई उहाँकै दलका सांसदले हटाएर संसदीय व्यवस्थामा अर्काे दलको नेता देउवालाई समर्थन गर्न सक्दैनन् श्रीमान ।”

प्रकाशित : बिहिबार, असार १७, २०७८१५:४६

देउबालाई प्रधानमन्त्री बनाउने पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन ओलीको आग्रह!