आज फेरी बढ्यो सुनको मूल्य, असार ८ गते यताकै महँगो!

काठमाडौँ, असार १८ – बिहिबार ८ सय रुपैयाले बढेको सुनको मुल्य आज फेरी बढेको छ।  गत बुधबार असार ६ गते यताकै सस्तो भएको सुनको मूल्य आज फेरी बढेको छ। बुधबार तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्य बिहिबार ८ सय रुपैयाले बढेको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९१  हजार ३ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले बढेको हो। आज तेजाबी सुन ९० हजार ८  सय रुपैंयाँमा कारोबार भैरहेको छ। आज कायम भएको सुनको मूल्य असार ८ गते यताकै महँगो रहेको छ।

यस अगाडी छापावाला सुन आइतबार र सोमबार ९० हजार ७ सय, मंगलबार ९० हजार ६ सय, बुधबार ९० हजार, ९० हजार ८ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन भने आइतबार र सोमबार ९० हजार २ सय, मंगलबार ९० हजार १ सय, बुधबार ८९ हजार ५ सय ५० र बिहिबार ९० हजार ३ सय रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज चाँदीको मूल्य भने स्थिर रहेको  छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु १३ सय १० रुपैयाँमा कायम भएको छ।

प्रकाशित : शुक्रबार, असार १८, २०७८११:०६

२४ घन्टामै मनकामना लघुवित्तको आइपिओमा ३९ गुणा बढीको आवेदन!