अन्तत: बिहे भएको १५ वर्षपछि आमिरको दोस्रो पटक पनि डिभोर्स, लेखे यस्तो पोस्ट!

बलिउड फिल्म जगतबाट नयाँ-नयाँ खबर बाहिरिरहन्छ। चर्चित अभिनेता आमिर खान र किरण रावलाई इन्डस्ट्रीको उत्तम जोडी मानिन्छ। तर हालै यी जोडीबाट डिभोर्स हुने खबर बाहिरिएको छ। उनीहरुको डिभोर्सको खबरले सबै स्तब्ध भएका छन्। यी जोडीले २८ डिसेम्बर २००५ मा बिहे गरेका थिए। साथै यी जोडीको एक छोरा पनि छन् जसको नाम आजाद खान हो।

आमिरले २००२ मा पहिलो श्रीमतीबाट  डिभोर्स लिएका थिए। त्यसपछि उनको जीवनमा किरण राव आएकी थिइन्। बिहे भएको १५ वर्षपछि यी जोडी पनि अलग हुदैछन्।

आमिर र किरणले डिभोर्सको बारेमा आधिकारिक बयान जारी गरेका छन्। दुवैले लेखेका छन्, ‘हामीले यी १५ वर्षमा प्रत्येक क्षण हाँसी खुशी  एक अर्कासँग सँगै समय बितायौ। हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमको साथ अगाडी बढ्दै गयो। अब हामी हाम्रो जीवनको नयाँ अध्याय सुरु गर्नेछौँ।   जुन श्रीमान श्रीमतीको रूपमा नभई सह-अभिभावक  र एक-अर्काको लागि परिवारको रूपमा मात्र हुनेछ।

हामीले केहि समय अगाडी नै अलग हुने योजना बनाएको थियौँ र अब हामी  छुट्टै बस्ने  योजनामा सहज छौँ। हामी छोरा आजादको लागि सह-अभिभावक भईरहन्छौ र सँगै उनको हेरचाह गर्नेछौँ।

उनले अगाडी लेखे ,”हामी आफ्नो फिल्म, पानी फाउन्डेशन र अरु सबै प्रोजेक्ट्समा एकसाथ काम गरिरहन्छौँ, जसमा हाम्रो रुचि छ। हाम्रो साथि र परिवारलाई धन्यवाद जसले हाम्रो लगातार समर्थन गर्नुभयो। तपाईको समर्थन बिना हामी यो निर्णय लिन सक्दैन थियौँ।

हामि आफ्नो शुभचिन्तकबाट शुभकामना र आशीर्वाद चाहन्छौँ र आशा छ कि हामीजस्तै तपाईले पनि यस डिभोर्सलाई अन्त्यको रूपमा नभई नयाँ यात्राको सुरुवातको रूपमा लिनुहुन्छ।”

प्रकाशित : शनिबार, असार १९, २०७८१३:५७

आफ्ना दर्शकलाई मेलमिलाप र ज्ञानको कुरा बाढ्ने आमिर आखिर किन आफै बिच्किए?