जुलाई महिनाको पहिलो राशि परिवर्तन, ४ राशिको चम्कनेछ भाग्य !

एजेन्सी – ज्योतिषीय दृष्टिले  जुलाई महिना निकै महत्वपूर्ण हुन्छ।  यस महिना ४ ग्रहको राशि परिवर्तन हुन गईरहेको छ। महिनाको सुरुमा ग्रहको राजकुमार मानिने बुध ग्रहको राशि परिवर्तन हुनेछ। बुध ७  जुलाईमा  मिथुन राशिमा प्रवेश  हुनेछ र पछि २५ जुलाईमा कर्क राशिमा  प्रवेश गर्नेछ।  बुध ग्रह पछि राजा सूर्य देवले आफ्नो राशि परिवर्तन गर्नेछन्। सुर्यले कर्क संक्रांतिको दिन १६ जुलाईमा चंद्रमाको राशि कर्क राशिमा प्रवेश गर्नेछ। जहाँ सुर्य एक महिनासम्म रहनेछन्।  सुर्यपछि सुख र वैभवको कारक ग्रह शुक्र सिंह राशिमा प्रवेश गर्नेछन् र पछि २० जुलाईमा  मंगल सिंह राशिमा प्रवेश  गर्नेछ। यी चार  ग्रहको राशि पवर्तन ४ राशिको लागि निकै शुभ हुन गईरहेको छ।

सिंह राशि

लामो समयदेखि प्राप्त नभएको  धन मिल्न सक्छ। पारिवारिक कार्यमा गति आउनेछ। साथी एवम् परिवारको सहयोग प्राप्त हुनेछ। लामो अथवा छोटो दुरीको यात्रा हुन सक्ला। यात्रा शुभ र लाभदायक साबित हुनेछ।  मिडिया, संगीत, कला जगतसँग सम्बन्धित व्यक्तिको लागि शुभ समय छ। कुनै ठूलो कदम चाल्नु अघि शुभचिन्तकको सल्लाह लिन नबिर्सनुहोला।  प्रेम सम्बन्धमा प्रगाढता आउनेछ   ।

कन्या राशि

लम्बिएको काम पूरा हुनेछ। भविष्य-कारोबारको दिशामा गरिएको प्रयास सफल हुनेछन्। धार्मिक-सामाजिक कार्य प्रति मन लाग्नेछ। जाग्गा-जमिनसँग सम्बन्धित मामिलामा तपाईको हकमा निर्णय हुनेछ। महिनाको बीचमा भाग्यको साथ  मिल्नेछ। विशेष व्यक्तिको मदत्तले आर्थिक  लाभ मात्र नभई सामाजिक प्रतिष्ठा पनि वृद्धि हुनेछ। राजनीतिसँग सम्बन्धित व्यक्तिलाई पद वा जिम्मेवारी मिल्न सक्छ।

तुला राशि

तपाईंको लागि यात्रा  लाभदायक साबित हुनेछ। हरेक कामको प्रयासमा  सफलता मिल्न  सक्ला। राजनीतिसँग सम्बन्धित व्यक्तिको योजना सफल हुनेछ। कोहि प्रभावशाली व्यक्तिसँग भेट हुनेछ। विपरीत लिंगीय व्यक्ति प्रति आकर्षण बढ्नेछ। तपाई  प्रेम सम्बन्ध , विवाहित जीवन र सम्बन्धमा  पूर्ण इमानदार रहनुहोला।

मीन राशि

तपाईलाई सफलताको अवसरहरू प्राप्त होला। कार्यस्थलमा सहयोगीको पूर्ण सहयोग मिल्नेछ। विगतमा गरिएको लगानीबाट लाभ प्राप्त हुनेछ। विपरीत लिंगीय व्यक्ति तिर आकर्षण बढ्नेछ। कुनै विशेष व्यक्तिसँग भेट मित्रता बढ्न सक्छ र पछि प्रेम सम्बन्धमा परिणत हुन सक्छ। तपाई आफ्नो प्रेमी-प्रेमिकासँग अत्यधिक समय बिताउनुहोला।

 

 

प्रकाशित : शनिबार, असार १९, २०७८१८:३०

यी राशि हुनेहरु हुन्छन छिट्टै उत्तेजित, यौ-न सम्बन्धको समयमा कसको कस्तो व्यवहार?