वास्तुअनुसार आफ्नो घरमा राख्नुहोस यी ७ मुर्तिहरु, हुनुहुनेछ मालामाल!

प्रायः मानिसहरू घरलाई सजाउनको लागि विभिन्न प्रकारका मूर्तिहरू राख्न  मनपराउँछन् । ती मध्ये कतिपय भगवानका  मूर्तिहरू हुन्छन् र धेरै पशुका मूर्तिहरू हुन्छन्। तर के तपाईले कहिल्यै सोच्नुभएको छ कि यी मूर्ति घरमा राख्दा वास्तु दोष हुन सक्छ। अर्थात गलत मूर्ति राख्नाले तपाईको जीवनमा नकारात्मक असर पर्न सक्छ। थाहा पाउनुहोस् वास्तु अनुसार कुन मुर्ति घरमा राख्दा शुभ हुन्छ।

हात्ती – वास्तु अनुसार हात्तीलाई ऐश्वर्यको प्रतीक मानिन्छ। यस कारण  घरमा चाँदी वा पितलको हात्तीको मूर्ति राख्नु शुभ मानिन्छ। वास्तु शास्त्रका अनुसार सुत्ने कोठामा चाँदीको हात्तीको मूर्ति राख्दा राहुसँग सम्बन्धित सबै दोष हटाउन सकिन्छ।  घरमा हात्तीको तस्विर वा मूर्ति राख्दा सकारात्मक उर्जा आउँछ र धन-समृद्धि बढ्छ।

हाँस – वास्तुका अनुसार घरको पाहुना कोठामा हाँसको जोडीको मूर्ति राख्दा आर्थिक लाभ हुन्छ। यस बाहेक दुई हाँसको जोडीको मूर्ति राख्नाले विवाहित जीवनमा प्रेम बनिरहन्छ।

कछुवा – धार्मिक मान्यता अनुसार कछुवालाई भगवान विष्णुको रूप मानिन्छ। भनिन्छ कि जहाँ कछुवा हुन्छ, त्यहाँ देवी लक्ष्मी बाँस बस्छिन्। फेंगशुईका अनुसार सकारात्मक ऊर्जा आउँछ। घरको पूर्व र उत्तर दिशामा कछुवाको स्थापना गर्नु शुभ हुन्छ।  ड्रइंग कोठामा धातुको कछुवा राख्दा धन वृद्धि हुन्छ।


सुगा – वास्तुका अनुसार अध्ययन कोठामा सुगाको फोटो राख्दा  एकाग्रता बढ्छ।  उत्तर दिशामा सुगाको तस्विरले परिवारमा आनन्द र शान्ति ल्याउँछ। साथै विवाहित जीवनमा मिठास पनि आउँछ । फेंगशुईका अनुसार सुगालाई पृथ्वी, आगो, पानी, काठ र धातुको प्रतीक मानिन्छ। घरमा एउटा सुगाको मूर्ति राख्दा घरमा रमाइलो वातावरण रहन्छ र भाग्य वृद्दि हुन्छ ।

माछा- वास्तुका अनुसार  माछालाई धन र उर्जाको प्रतीक मानिन्छ। घरको उत्तर-पूर्व वा पूर्व दिशामा पितल वा चाँदीको माछा राख्दा घरमा सुख र शान्ति रहन्छ। यस बाहेक धन वृद्धि पनि हुन्छ।

गाई- वास्तुका अनुसार पितलको गाईको मूर्ति घरमा राख्दा सन्तान सुख प्राप्त हुन्छ। यसको साथसाथै नकारात्मकता पनि टाढा हुन्छ। घरमा गाईको मूर्ति राख्दा  अध्ययनमा एकाग्रता पनि बढ्छ।

ऊँट- वास्तुअनुसार ऊँटको मूर्ति घरमा राख्नु शुभ मानिन्छ। ऊँटको मूर्तिलाई उत्तर-पश्चिम दिशामा बैठक कोठामा राख्दा भविष्य र व्यवसायमा सफलता मिल्छ। ऊँटको मूर्ति राख्दा एकाग्रता बढ्छ र तनाव कम हुन्छ।

प्रकाशित : आइतबार, असार २०, २०७८१७:००

रातिमा देख्ने यस्ता अनेकौ सपनाहरुले भविष्यबारे बताउछ यस्तो संकेत, जानिराखौ!