लगातार बढ्दै सुनको मूल्य, आज १७ दिन यताकै महँगो !

काठमाडौँ – हप्ताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। गत हप्ताको केहि दिन  घटेर पुनः उकालो लागेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाल बजारमा आज छापावाला सुनको मूल्य २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ५ सय रुपैंयाँ कायम भएको छ। आज तेजाबी सुनको मूल्यमा पनि रु २ सयको वृद्धि भएको छ। यस वृद्धि सँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ९१ हजार रुपैंयाँ कायम भएको छ।

सुन १७ दिन यताकै महँगो

पछिल्लो केहि दिन देखि बढिरहेको सुनको मूल्य आज १७ दिन यताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार सुनको मूल्य असार ३ गते यताकै बढी हो। त्यसदिन छापावाला सुनको मूल्य ९२ हजार र तेजाबी सुन ९१ हजार ५ सय रुपैंयाँमा कारोबार भएको थियो।

गत हप्ता सुनको मूल्य

गत हप्ता सुनको मूल्यमा धेरै नै उतारचढाव भयो। छापावाला सुन सस्तोमा ९० हजार देखि महँगोमा ९१ हजार ३ सय रुपैंयाँ सम्ममा कारोबार भयो। त्यस्तै तेजाबी सुन ८९ हजार ५ सय ५० देखि ९० हजार ८ सय रुपैंयाँ सम्ममा कारोबार भयो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य रु १५ ले बढेर १३ सय २५ रुपैंयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित : आइतबार, असार २०, २०७८११:३४

मनकामना स्मार्ट लघुवित्तका आइपिओमा १६ लाखको आवेदन