आफ्ना दर्शकलाई मेलमिलाप र ज्ञानको कुरा बाढ्ने आमिर आखिर किन आफै बिच्किए?

एजेन्सी : बलिउडका  चर्चित तथा सालिन अभिनेता आमिर खानले उनको दोस्रो श्रीमतीसँग पनि सम्बन्ध बिच्छेदको घोषणा  गरेका छन् ।

बलिउड अभिनेता आमिर खान सामाजिक सञ्जाल तथा कुनै पार्टी तथा सभा समारोहमा सहभागी हुदैनन् । उनको व्यक्तिगत जीवनको बारेमा भन्नु पर्दा उनि सधै शान्त स्वभाव तथा मिलनसार देख्न सकिन्छ । आमिर उनको शो ‘सत्य मे जयते’ मार्फत दर्शकहरुमा बिभिन्न ज्ञानको कुरा प्रदान गर्छन र मानिसहरुमा सधै मेलमिलाप तथा सहयोग भवना राख्न प्रत्साहान गर्छन । तर अहिले आमिर आफ्नै पारिवारिक कारण चर्चामा आएका छन् ।

बलिउड अभिनेता आमिर खानले उनको दोस्रो श्रीमतीसँग पनि सम्बन्ध बिच्छेद गरेका छन् । अहिले आमिरको बिवाह भएको १५ बर्षपछि  सम्बन्ध बिच्छेद गरेका हुन् । आमिरले यस कुरालाई उनको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् । आमिर भन्छन ‘हामि दुइ छुट्टिने  कुरा अहिले सार्वजनिक गरेपनि हामिले छुट्टिने  निर्णय पहिले नै गरेका थियौ ।’ गत शनिबार जुलाई ३ तारिखको दिन आमिरले औपचारिक रुपमै उनको किरणसंग सम्बन्ध चिच्छेद भएको निर्णय गरेका थिए।

आमिर र किरण के कारणले छुट्टिए भन्ने कुरा अहिलेसम्म खुलासा भएको छैन । अहिले आमिरको सामाजिक सञ्जालमा उनको फ्यानहरुले बिभिन्न जिज्ञासा ब्यक्त गरिरहेका छन ।

सबै जनाले मनपराएको, सधै मिलनसार र सभ्य रुपमा देखिने यो जोडी आखिर के कारणले छुट्टिए भन्ने  फ्यानहरुलाई चासोको बिषय बनेको छ । तर उनीहरु के कारणले छुट्टिए भन्ने बिषयमा अहिलेसम्म कुनै खुलासा भएको छैन ।

प्रकाशित : आइतबार, असार २०, २०७८१२:३७

एउटा बिहेमै ६२ लाखमा सजिएर पुगिन उर्वशी, सबैलाई घायल बनाउने आकर्षक लुक्स भाइरल!