असार २२ गतेबाट सबै सवारी-साधन चल्न पाउने, हट्यो जोर-बिजोर प्रणाली!

काठमाडौँ, असार २०। कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र व्यवस्थापनका लागि जारी दुुई महिना लामो निषेधाज्ञा असार १५ देखि खुकुुलो पारिएको थियो। त्यसदिन यता निजी तथा सार्वजनिक सवारी साधनमा  जोर-बिजोर प्रणाली लागु भएको थियो तर २२ गतेबाट जोर-बिजोर प्रणाली पनि हट्ने भएको छ ।

आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू बसेको बैठकले  जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। यो नियम २२ गतेदेखि लागु हुनेछ। त्यस्तै अब स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेर सबै सार्वजनिक सवारी साधन चल्न दिइने भएको छ।

सरकारले असार १७ गतेदेखि आन्तरिक हवाइ उडान खोल्ने निर्णय गरेपछि यातायात व्यवसायीहरूले सार्वजनिक यातायात पनि सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका थिए । उपत्यकामा कोरोना संक्रमित घटेपनि जोखिम नघटेपछि लकडाउन भने ३१ गते सम्मको जारि नै रहनेछ। तर अहिले भन्दा थप खुकुलो हुने गरी प्रजिअहरूले आदेश जारी गरेका छन्।

साथै पूर्व-निर्धारित परीक्षाहरू पनि सञ्चालन गर्न पाइने भएको छ तर एउटा परीक्षा हलमा जम्मा २५ जना मात्रै विद्यार्थी राख्नुपर्नेछ।

सार्वजनिक यातायात  संचालन गर्दा संक्रमणको जोखिम बढ्ने भएकोले स्वास्थ्य मापदण्ड कडाइका साथ  सवारी साधन चल्न दिइने भएको हो।

प्रकाशित : आइतबार, असार २०, २०७८१८:४६

अभिनेत्री स्वस्तिमा खड्काको आज जन्मदिन, कति बर्ष लागिन त?