आज बिहानै काठमाडौँलाई केन्द्र बनाएर भूकम्पको झट्का!

काठमाडौँ,असार २१ । सोमबार बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौँलाई केन्द्र बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार काठमाडौँको कुलेश्वर आसपासलाई केन्द्र बनाएर भूकम्प गएको हो।

लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम जारी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार यही जेठ ५ गते बिहान भुलभुले केन्द्रविन्दु भएर गएको ५.८ रेक्टरस्केलको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम जारी रहेको छ ।

केन्द्रका भूकम्पविद् भरत कोइरालाले लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पपछि नेपालमा चार रेक्टर स्केलभन्दा ठूलो पाँच पटक भूकम्प गएको बताए। साथै उनले भने, ‘नेपाल भूकम्पीय दृष्टिकोणले जोखिम क्षेत्र रहेकाले नेपालमा जुनसुकै समयमा पनि भूकम्प जान सक्छ।’

प्रकाशित : सोमबार, असार २१, २०७८०८:३९

घरबेटीविरुद्ध रुपा सुनारद्वारा सर्वोच्च अदालतमा रिट निवेदन!