लगातार बढेको सुनको मुल्य आज यस्तो छ भाउ, १७ दिन यताकै महँगो !

काठमाडौँ – हप्ताको पहिलो दिन नै बढेको सुनको आज स्थिर रहेको  छ । गत हप्ताको केहि दिन घटेर पुनः उकालो लागेको सुनको मूल्य आइतबार पनि बढेको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाल बजारमा आज छापावाला सुनको मुल्यमा कुनै परिवर्तन आएको छैन। आज आइतबार कै भाउ अर्थात्  छापावाला सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँमा  कायम भएको छ। आज तेजाबी सुनको मूल्यमा पनि कुनै परिवर्तन आएको छैन। यससँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँ कायम रहेको छ।

सुन १७ दिन यताकै महँगो

पछिल्लो केहि दिन देखि बढिरहेको सुनको मूल्य आइतबार र सोमबार १७ दिन यताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार सुनको मूल्य असार ३ गते यताकै बढी हो। त्यसदिन छापावाला सुनको मूल्य ९२ हजार र तेजाबी सुन ९१ हजार ५ सय रुपैंयाँमा कारोबार भएको थियो।

गत हप्ता सुनको मूल्य

गत हप्ता सुनको मूल्यमा धेरै नै उतारचढाव भयो। छापावाला सुन सस्तोमा ९० हजार देखि महँगोमा ९१ हजार ३ सय रुपैयाँ सम्ममा कारोबार भयो। त्यस्तै तेजाबी सुन ८९ हजार ५ सय ५० देखि ९० हजार ८ सय रुपैयाँ सम्ममा कारोबार भयो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि स्थिर रहेको छ । नेपाली बजारमा आज चाँदीको मूल्य प्रतितोला  १३ सय २५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

प्रकाशित : सोमबार, असार २१, २०७८११:२५

जीवन विकास लघुवित्तको आइपिओ बाँडफाँड यहि हप्ता हुने, भाग्यमानीले ११ कित्ता पाउने !