विवाह पुरुषको लागी मात्रै फाइदा, महिलालाई जहिल्यै हानि, कसरी? विज्ञको यस्तो दाबी!

अष्ट्रेलियाको रिलेशनशिप एक्सपर्ट तथा  लेखिका नादिया बोकोडी अहिले आफ्नो एक बयानको कारण चर्चामा छिन् । नादियाले भनेकी छिन कि  ‘महिलाले विवाह गर्नु हुँदैन, किनकी  यसले पुरुषलाई मात्र फाईदा हुन्छ।’

नादियाले आफ्नो इन्स्टाग्राम अकाउन्टको पोस्टमा लेखेकी छन् कि विवाहपछि  महिलाले घरेलु काम अत्यधिक गर्नुपर्छ । नादिया भन्छिन् कि महिलाहरुबाट एकै समयमा आफ्नो भविष्यको साथ-साथै बच्चाको सही तरिकाले पालनपोषणको अपेक्षा गरिन्छ भने बिहे एक पुरुष प्रधान चिज हो जसले पुरुषलाई अत्यधिक लाभ र महिलालाई हानि मात्र हुन्छ।

नादियाको अनुसार, ‘विवाहित पुरुष धेरै कमाउँछन् र घरमा तलब नपाई काम गरिरहेकी महिलाको कारणले लामो जिन्दगी जिउँछन। बिहेपछि महिलाबाट प्रत्येक क्षेत्रको प्रदर्शनको अपेक्षा गरिन्छ। त्यस्तै जो महिला बिहे गर्नुको सट्टा काम गर्छन् ,उनीहरुले  धेरै कमाउँछन्।  लामो जीवन जिउँछन् र खुशी रहन्छन्।’

नादियाले यी तथ्यको बारेमा गरेको अध्ययन क्यालिफोर्निया युनिभर्सिटीमा उल्लेख गरेकी छिन्।  नादियाले भनिन्, ‘यो अनुसन्धानले पुरुषसँग बसेका महिलाले दोब्बर घरेलु काम गर्छिन् र घरको बच्चाको पालनपोषणमा आफ्नो शत प्रतिशत दिन्छिन् र पनि पूरा समय जागिर गर्छिन् । यसैकारण  परिवार र भविष्यबीच सन्तुलन बनाई राख्ने कारण महिलाले कम कमाउन पाउँछिन्।  यसै स्थितिको लाभ उठाएर पुरुष आफ्नो कमाई बढाउँदै जान्छन्  ।’

यसको अध्ययनपछि नादियाले आफ्नो  महिला फलोअर्सलाई विवाह नगर्न सल्लाह दिईन्। नादियाको पोस्टमा १६ सय भन्दा धेरै लाइक्स र थुप्रै सकारात्मक कमेन्ट आईरहेका छन्।

एक महिला युजरले लेखिन्, ‘इमान्दारीपूर्वक भन्न सक्छु कि म पछिल्लो १० वर्षदेखि एक्लै छु र असाध्यै खुसी छु । मैले आफ्नै घर खरिद गरिसकेकी छु र मेरो जिन्दगी म पूर्ण रुपले आफै नियन्त्रण गर्छु ।’ यस्तैगरी उनको पोस्टमा केही सहमत भएका छन् भने केहिले असहमति जनाएका छन्।

प्रकाशित : सोमबार, असार २१, २०७८१३:३४

संसारकै सबैभन्दा मिठो मुस्कान भएकी यी बच्ची को हुन त? हेर्नुस् तस्बिर सहित!