ज्योतिष शास्त्रअनुसार चन्द्रलाई पिता र सुर्य ग्रहलाई पिताको कारक मानिन्छ। कुण्डलीको दशौँ भावबाट पिताको बारेमा थाहा पाउन सकिन्छ। कुनै पनि व्यक्तिको जीवनमा पिताको महत्त्वपूर्ण भूमिका हुन्छ। बाल्यकालमा पिता बच्चाको लागि हिरो हुन्छन्। ज्योतिष विज्ञानका अनुसार केहि विशेष राशि भएका मानिस असल पिता हुन्छन्।
उनीहरु आफनो सन्तानको राम्रोसँग ख्याल राख्छन्। उनीहरु आफनो सन्तानको खुशीको लागि जे पनि गर्छन्। उनीहरु आफनो सन्तानलाई शिक्षाका साथै व्यवहारिक ज्ञान पनि दिन्छन्। माता-पिताबाट सन्तानले पहिले नै शिक्षा प्राप्त गर्छन्। थाहा पाउनुहोस् कुन राशिक व्यक्ति हुन्छन् असल पिता :-
वृष

वृष राशि हुने व्यक्ति आफनो सन्तानको लागि असल पिता हुन्छन्। यस राशि भएका मानिस आफ्नो सन्तानको राम्रोसँग पालनपोषण गर्छन्। बच्चाप्रति आफ्नो मायाले उनीहरुलाई असल पिता बनाउँछन्। उनीहरू आफ्नो सन्तान प्रतिको जिम्मेवारी धेरै राम्रोसँग बुझ्छन्। साथै कदन-कदममा साथ पनि दिन्छन्। उनका बच्चा सधैँ आफना पिताले सिकाएका नैतिक र मूल्यवान कुरा याद राख्छन्।
मिथुन राशि

मिथुन राशि हुने व्यक्ति आफ्नो सन्तानको लागि सर्वश्रेष्ठ पिता बन्ने कोसिस लगातार गर्छन्। उनीहरु आफ्नो बच्चाको पालन पोषणमा निकै ध्यान दिन्छन्। उनीहरु आफ्नो सन्तानलाई राम्रो शिक्षा दिन्छन्।
यस राशि भएका मानिस आफ्नो बच्चा हरेक क्षेत्रमा सफल होस भन्ने चाहन्छन्। यस राशि भएका मानिस आफ्नो व्यवहारले आफ्नो सन्तानको भरोसा जित्छन्।
कर्कट राशि

कर्कट राशि हुने व्यक्ति आफ्नो बच्चालाई निकै माया गर्छन्। साथै उनीहरुको आफ्नो सन्तानसँग सम्बन्ध संवेदनशिल हुन्छ। उनीहरु एक आदर्श पिता बन्न चाहन्छन्। यस राशि भएका व्यक्ति आफ्नो सन्तानको लागि पिता मात्र नभई साथी पनि हुन्छन्।
मकर राशि

मकर राशि भएका मानिस आफ्नो बच्चाको पालन पोषणको लागि धेरै गम्भीर हुन्छन्। उनीहरु आफ्नो सन्तानलाई हरेक खुशी दिने प्रयास गर्छन्। उनीहरु आफ्नो कार्य-व्यवहारको लचीलापन, कडा मिहिनेत र ईमानदारी सन्तानलाई सिकाउँछन्।

