अभिनेत्री रणवीर सिंहको आज जन्मदिन हो । उनलाई सामाजिक सञ्जालमा फ्यानले शुभकामना दिईरहेका छन्। आज रणवीर जुन सफलताको उचाईमा छन, त्यसको लागि उनले निकै संघर्ष गरेका थिए। रणवीर बलिउडको सफल अभिनेता हुन्।
उनी २०१८ सालमा गर्लफ्रेन्ड दिपिका पादुकोणसँग बिहे बन्धनमा बाधिएका थिए। दुवैले एकसाथ थुप्रै सुपरहिट फिल्म दिए। यही मध्ये एक फिल्म हो ‘गोलियों की रासलीला रामलीला’ । यस फिल्मको सबै किस्सा संजय लीला भंसालीको अगाडी भएको थियो।
रणवीर र दिपिकाले पहिलोपटक एकसाथ संजय लीला भंसालीको फिल्म ‘गोलियों की रासलीला राम-लीला’ मा काम गरेका थिए। यहीबाट यी दुईको सम्बन्ध सुरु भएको थियो। यस फिल्ममा यी दुईको थुप्रै लभ मेकिंग सीन पनि थिए। केहि सीन गर्दा उनीहरु डायरेक्टरले कट भनेर पनि रोकेका थिएनन्।
क्रु मेम्बरले बताएका थिए-हामीलाई यस्तो लाग्थ्यो कि दुवै बीच केही त छ। यस कुरा फिल्मको ‘अंग लगा दे रे’ गीतमा पुष्टि भएको थियो। कि’सिंग सीन निकै जोशिलो थियो। कसैले पनि एक शब्द बोलेका थिएनन्। म त्यो दृश्य कहिले पनि भुल्न सक्दिन। म केवल पर्दामा हेर्छु। उनीहरु डायरेक्टरले कट भन्दा पनि कि-स गरिरहन्थे।’
दिपिका र रणवीरले एकसाथ थुप्रै फिल्ममा काम गरे। पहिलो फिल्म २०१३ सालमा ‘गोलियों की रासलीला राम-लीला’, दोस्रो फिल्म ‘बाजीराव-मस्तानी’ र तेस्रो फिल्म ‘पद्मावत’ थियो। यसबाहेक फिल्म ‘८३’ मा दुवैले फेरि पनि काम गरे।